कांग्रेसमा अब कुनै गुट छैन : प्रदेश सभापति शर्मा « Khabarhub

कांग्रेसमा अब कुनै गुट छैन : प्रदेश सभापति शर्मा


१८ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

लेखनाथ– नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले विशेष महाधिवेशनपछि नेपाली कांग्रेसमा कुनै गुट नभएको र पार्टीको जिम्मेवारी युवाको काँधमा गएको बताएका छन् । 

नेपाली कांग्रेस कास्की क्षेत्र नं २ को पोखरा–८ सिमलचौरस्थित चुनाव प्रचारप्रसार समितिको सम्पर्क कार्यालयको आज उद्घाटन गर्दै उनले नेपाली कांग्रेसमा अब कुनै गुट नभएकाले सबै मिलेर आफ्ना उम्मेदवारलाई विजयी गराउनुपर्नेमा जोड दिए । 

नेपाली कांग्रेस सुशासन, समृद्धि, महँगी नियन्त्रण गर्ने अभियानमा सधैँ लागिरहेको उल्लेख गर्दै उनले युवाका मागलाई सम्बोधन गर्दै कांग्रेस अगाडि बढ्ने बताए ।

उनले भने, ‘नेपाली कांग्रेस खुला किताब हो, यहाँ जुनसुकै मानिस पनि स्वतन्त्र रुपमा आफ्ना हरेक गतिविधि गर्न सक्ने वातावरण कांग्रेसमा मात्र छ ।’

कांग्रेसकोतर्फबाट कास्की निर्वाचन क्षेत्र नं २ बाट उम्मेदवार बन्नुभएका माधवप्रसाद बाँस्तोलाले नेपाली कांग्रेसले जेनजीका मागलाई समेटेर अगाडि बढ्ने बताउँदै कांग्रेस पार्टी सभापति पनि युवालाई नै सुम्पिएको बताए । 

कांग्रेस कास्की क्षेत्र नं २ का सभापति केशर निर्दोषीले बदलिएको कांग्रेसलाई नेपाली जनताले विश्वास गर्ने दाबी गरे ।  रासस
 

प्रकाशित मिति : १८ माघ २०८२, आइतबार  ३ : ११ बजे

सिटिइभिटिको एकेडेमिक काउन्सिलमा चार विज्ञ नियुक्त

काठमाडौं– शिक्षा तथा खेलकुद प्रविधि मन्त्रालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम

पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा जडान

पर्वत– ग्रामीण क्षेत्रमा बढ्दै गएको चोरी, डकैती, लुटपाट, हत्या तथा

कपडाको ‘कार्गो’ मा सुनचाँदीका गहना फेला, दुईजना पक्राउ

काठमाडौं– त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट सुन तथा चाँदीका गरगहनासहित दुईजना पक्राउ

रुसको भीषण मिसाइल र ड्रोन आक्रमणमा १३ जनाको मृत्यु, ३० भन्दा बढी घाइते

काठमाडौं– रुसले बिहीबार राति युक्रेनको राजधानी किएभमा व्यापक मिसाइल र

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

सिमकोट– यहाँस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा खाद्यान्न लिनका