माओवादीले स्थगित गर्‍यो मध्यपहाडी ‘पुष्पलाल लोकमार्ग’ जनजागरण अभियान « Khabarhub

माओवादीले स्थगित गर्‍यो मध्यपहाडी ‘पुष्पलाल लोकमार्ग’ जनजागरण अभियान


२३ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (माओवादी केन्द्र)ले सञ्चालन गरेको जनतासँग माओवादी मध्यपहाडी (पुष्पलाल लोकमार्ग) जनजागरण अभियान स्थगित गरेको छ ।

काठमाडौंसहित देशका विभिन्न स्थानमा जेन–जी पुस्ताको प्रदर्शन र देशको समसामयिक अवस्थालाई मध्यनजर गर्दै जनजागरण अभियान स्थगित गरिएको माओवादीले जनाएको छ ।

जनतासँग माओवादी मध्यपहाडी (पुष्पलाल लोकमार्ग) जनजागरण अभियानअन्तर्गत नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको टोली गोरखा जिल्लाको आरूघाट गाउँपालिका–९, विधुत चोकमा आयोजित जनसंवाद कार्यक्रममा सहभागी भएको थियो ।

कार्यक्रममा संक्षिप्त सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले जेन–जी पुस्ताका आन्दोलनकारी युवापुस्तालाई धैर्यता पूर्वक परिस्थिति सहज बनाउन आग्रह गर्दै भ्रष्टाचारविरुद्ध, सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा एकजुट भएर अघि बढ्न अपिल गरेका थिए ।

‘म जेन जी पुस्ताका आन्दोलनकारी भाइ–बहिनीहरूलाई परिस्थिति सहज बनाउन धैर्यपूर्वक अघि बढ्न अपिल गर्दछु । तपाईँहरूको मुद्दा र हाम्रा मुद्दा समान छन्’, उनले भने ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  ५ : १८ बजे

कांग्रेसमा अब कुनै गुट छैन : प्रदेश सभापति शर्मा

लेखनाथ– नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले विशेष महाधिवेशनपछि

प्रतिनिधिसभा निर्वाचन : कञ्चनपुरमा ४८ जना नयाँ उम्मेदवार

महेन्द्रनगर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरमा

पाकिस्तानमा सुरक्षाकर्मी र बलुच चरमपन्थीबीच भीषण संघर्ष, आक्रमणकारीसहित कम्तीमा १२० जना मारिए

इस्लामावाद- पाकिस्तानको बलुचिस्तान प्रान्तमा शनिबार भएका आत्मघाती आक्रमण र गोलीकाण्डमा

पतञ्जलि जग्गा प्रकरण : माधव नेपालसहितका ९३ जना विरुद्धको मुद्दामा साक्षी बुझ्ने आदेश

काठमाडौं- विशेष अदालतले नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालसहित ९३

इरानले गर्‍यो इयु सेनालाई आतङ्कवादी घोषणा

दुबई– इरानका सभामुख मोहम्मद बाघेर कालिबाफले आइतबार इस्लामिक गणतन्त्रले अब