माओवादीले स्थगित गर्‍यो मध्यपहाडी ‘पुष्पलाल लोकमार्ग’ जनजागरण अभियान « Khabarhub

माओवादीले स्थगित गर्‍यो मध्यपहाडी ‘पुष्पलाल लोकमार्ग’ जनजागरण अभियान


२३ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (माओवादी केन्द्र)ले सञ्चालन गरेको जनतासँग माओवादी मध्यपहाडी (पुष्पलाल लोकमार्ग) जनजागरण अभियान स्थगित गरेको छ ।

काठमाडौंसहित देशका विभिन्न स्थानमा जेन–जी पुस्ताको प्रदर्शन र देशको समसामयिक अवस्थालाई मध्यनजर गर्दै जनजागरण अभियान स्थगित गरिएको माओवादीले जनाएको छ ।

जनतासँग माओवादी मध्यपहाडी (पुष्पलाल लोकमार्ग) जनजागरण अभियानअन्तर्गत नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको टोली गोरखा जिल्लाको आरूघाट गाउँपालिका–९, विधुत चोकमा आयोजित जनसंवाद कार्यक्रममा सहभागी भएको थियो ।

कार्यक्रममा संक्षिप्त सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले जेन–जी पुस्ताका आन्दोलनकारी युवापुस्तालाई धैर्यता पूर्वक परिस्थिति सहज बनाउन आग्रह गर्दै भ्रष्टाचारविरुद्ध, सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा एकजुट भएर अघि बढ्न अपिल गरेका थिए ।

‘म जेन जी पुस्ताका आन्दोलनकारी भाइ–बहिनीहरूलाई परिस्थिति सहज बनाउन धैर्यपूर्वक अघि बढ्न अपिल गर्दछु । तपाईँहरूको मुद्दा र हाम्रा मुद्दा समान छन्’, उनले भने ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  ५ : १८ बजे

सोमबार कांग्रेसले निर्वाचन आयोगमा समानुपातिक सूचि बुझाउने

काठमाडौं– नेपाली कांग्रेसले सोमबार निर्वाचन आयोगमा समानुपातिक सूचि बुझाउने भएको

रास्वपाको समानुपातिक उम्मेदवार छनोट गर्न प्रारम्भिक मतदानको समय थपियो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक उम्मेदवार छनोटका लागि जारी प्रारम्भिक

बालेन र रवि मिलेपछि जनार्दनसँग कुलमानको सहकार्य, एकै चुनाव चिह्न प्रयोग गर्ने

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र राष्ट्रिय स्वतन्त्र पार्टीका

हेल्प नेपाल क्वाटरफाइनलमा

काठमाडौं– साबिक विजेता हेल्प नेपाल नवौँ एनभीए महिला तथा पुरुष

मन्त्री खरेलद्वारा विभिन्न कार्यालयको निरीक्षण तथा भेटघाट

गण्डकी– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आज पोखरास्थित विभिन्न