जेन-जीको प्रदर्शनको ‘साइड इफेक्ट’: दुवै प्रहरीलाई फिल्ड चुस्ता पोशाकमा तयार रहन निर्देशन « Khabarhub

जेन-जीको प्रदर्शनको ‘साइड इफेक्ट’: दुवै प्रहरीलाई फिल्ड चुस्ता पोशाकमा तयार रहन निर्देशन


२३ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


672
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जेन-जी समूहले सोमबारदेखि थालेको प्रदर्शन उग्र र हिंसात्मक हुन पुगेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले सबै कर्मचारीलाई फिल्ड चुस्ता पोशाक तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।

स्रोतका अनुसार जेन-जीको आन्दोलन तत्काल नथामिने निचोडसहित दुवै प्रहरी हेडक्वार्टरले देशभरका मातहत निकायमा आन्तरिक सर्कुलर जारी गर्दै यस्तो निर्देशन दिएका हुन् ।

सशस्त्र प्रहरी हेडक्वार्टर हलचोकले जेन-जी समूहको विरोध प्रदर्शनका क्रममा सुरक्षार्थ खटिनु पर्ने भएकोले देशभरका युनिटमा तैनाथ सशस्त्र प्रहरी कर्मचारीहरूलाई फिल्ड चुस्ता पोशाकमा तम्तयार रहन भनेको हो ।

सशस्त्रका आईजीपी राजु अर्यालले हेडक्वार्टरबाट आन्तरिक सर्कुलर जारी गर्दै अर्को आदेश नभएसम्मलाई तुरून्तै परिचालन हुन सक्ने गरी आफू कार्यरत कार्यालयमा स्ट्यान्डबाई बस्न निर्देशन दिएका हुन् ।

उता नेपाल प्रहरी हेडक्वार्टर नक्सालले पनि देशभरका प्रहरी युनिटलाई आन्तरिक सर्कुलर जारी गर्दै स्ट्यान्डबाई अवस्थामा रहन निर्देशन दिएका हुन् । सोमबार काठमाडौँको संसद् भवनकेन्द्रित आन्दोलनमा अहिलेसम्म १४ जनाको ज्यान जाने गरी भएको प्रदर्शनले आगामी दिनमा पनि निरन्तरता पाउने सम्भावना छ ।

त्यहीकारण दुवै प्रहरी उच्च सतर्क अवस्थामा रहेका हुन् । उता नेपाली सेनाको टोली पनि काठमाडौँका केही स्थानमा सुरक्षाका लागि निस्किएको छ। संसद् भवनसहितका क्षेत्रमा सेना परिचालन भइसकेको छ ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  ५ : १६ बजे

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

बागलुङ– बिहीबारदेखि परेको अविरल वर्षाका कारण ताराखोलामा एक जनाको पहिरोमा

उर्लियो कालीगण्डकी, मोदीवेणीमा चेतावनी तह नाघ्यो (तस्बिरहरू)

बागलुङ- निरन्तरको भारी वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि नदी

भारी वर्षापछि बैंककका ५० जिल्लामा विपद् घोषणा

बैंकक- थाइल्यान्डको राजधानी बैंककमा लगातार तेस्रो दिन परेको भारी वर्षाका

जीडीआईमार्फत विकासशील मुलुकको विकास सहकार्यलाई तीव्रता दिनुपर्नेमा जोड

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले सन् २०३० सम्म दिगो विकास लक्ष्य

लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका