जेन-जीको प्रदर्शनको ‘साइड इफेक्ट’: दुवै प्रहरीलाई फिल्ड चुस्ता पोशाकमा तयार रहन निर्देशन « Khabarhub

जेन-जीको प्रदर्शनको ‘साइड इफेक्ट’: दुवै प्रहरीलाई फिल्ड चुस्ता पोशाकमा तयार रहन निर्देशन


२३ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


672
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जेन-जी समूहले सोमबारदेखि थालेको प्रदर्शन उग्र र हिंसात्मक हुन पुगेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले सबै कर्मचारीलाई फिल्ड चुस्ता पोशाक तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।

स्रोतका अनुसार जेन-जीको आन्दोलन तत्काल नथामिने निचोडसहित दुवै प्रहरी हेडक्वार्टरले देशभरका मातहत निकायमा आन्तरिक सर्कुलर जारी गर्दै यस्तो निर्देशन दिएका हुन् ।

सशस्त्र प्रहरी हेडक्वार्टर हलचोकले जेन-जी समूहको विरोध प्रदर्शनका क्रममा सुरक्षार्थ खटिनु पर्ने भएकोले देशभरका युनिटमा तैनाथ सशस्त्र प्रहरी कर्मचारीहरूलाई फिल्ड चुस्ता पोशाकमा तम्तयार रहन भनेको हो ।

सशस्त्रका आईजीपी राजु अर्यालले हेडक्वार्टरबाट आन्तरिक सर्कुलर जारी गर्दै अर्को आदेश नभएसम्मलाई तुरून्तै परिचालन हुन सक्ने गरी आफू कार्यरत कार्यालयमा स्ट्यान्डबाई बस्न निर्देशन दिएका हुन् ।

उता नेपाल प्रहरी हेडक्वार्टर नक्सालले पनि देशभरका प्रहरी युनिटलाई आन्तरिक सर्कुलर जारी गर्दै स्ट्यान्डबाई अवस्थामा रहन निर्देशन दिएका हुन् । सोमबार काठमाडौँको संसद् भवनकेन्द्रित आन्दोलनमा अहिलेसम्म १४ जनाको ज्यान जाने गरी भएको प्रदर्शनले आगामी दिनमा पनि निरन्तरता पाउने सम्भावना छ ।

त्यहीकारण दुवै प्रहरी उच्च सतर्क अवस्थामा रहेका हुन् । उता नेपाली सेनाको टोली पनि काठमाडौँका केही स्थानमा सुरक्षाका लागि निस्किएको छ। संसद् भवनसहितका क्षेत्रमा सेना परिचालन भइसकेको छ ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  ५ : १६ बजे

उदयपुर सिमेन्टमा क्लिङ्कर हिनामिना : तत्कालीन महाप्रबन्धकसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उदयपुर सिमेन्ट उद्योग लिमिटेडमा भएको

पत्रकार सिटौलाको शव पोस्टमार्टमका लागि लगियो शिक्षण अस्पताल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहसँग चुनावी

नीति निर्माणका लागि कांग्रेस महामन्त्री पौडेलद्वारा सुझाव संकलन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं क्षेत्र ५ का प्रतिनिधि

अरुणिमा शैक्षिक प्रतिष्ठानको ४१औँ दिवस : मुख्यसचिवसहित छ जना सम्मानित

काठमाडौं– काठमाडौंस्थित अरुणिमा शैक्षिक प्रतिष्ठानको ४१औँ स्थापना दिवसका अवसरमा मुख्य सचिवसहित

लुम्बिनी प्रादेशिक ललितकला प्रदर्शनी सुरु

काठमाडौं– नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजना र नेपाल व्यावसायिक कलाकार सङ्घ, रुपन्देही