एकसाथ सयौँ घाइते हुँदा अस्पतालमा संकट, ट्रमा सेन्टरको सडकमै रगतको गुहार लगाउँदै जेनजी « Khabarhub

एकसाथ सयौँ घाइते हुँदा अस्पतालमा संकट, ट्रमा सेन्टरको सडकमै रगतको गुहार लगाउँदै जेनजी


२३ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेनजीको आन्दोलन हिंसात्मक बनेपछि घाइते भएका प्रदर्शनकारीको उपचारका लागि रगत अभाव भएको छ । घाइते प्रदर्शनकारीलाई मुख्य रुपमा बानेश्वरस्थित निजामती अस्पातल र ट्रमा सेन्टर अस्पतालमा लगिएको छ ।

उनीहरुको उपचारका लागि रगत अभाव भएको अस्पतालहरुले जनाएका छन् । उपचारमा संलग्न चिकित्सकहरुका अनुसार काठमाडौं उपत्यकामा नै रगत अभाव भएको छ ।

ट्रमा सेन्टरमा नै रगतको चरम अभाव भएको पाइएको छ । घाइते साथीको उपचारका लागि वीरबाहिर सडकमा निस्किएर उनीहरु सर्वसाधरणसँग रगत मागिरहेका छन् ।

वीरमा अहिले ५० जना प्रदर्शनकारी उपचाररत छन् । अहिलेसम्म ६ जना प्रदर्शनककारीको उपचारका क्रममा मृत्यु भएको ट्रमाले पुष्टि गरेको छ ।

सबैभन्दा बढी प्रदर्शनकारीले उपचारको क्रममा ट्रममा नै ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  ६ : १३ बजे

जनकपुरधाममा पर्यटन फोटो पत्रकारिता तालिम सुरु

जनकपुरधाम– मधेस प्रदेशका पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्ने उद्देश्यले पर्यटन फोटो

सोमबार कांग्रेसले निर्वाचन आयोगमा समानुपातिक सूचि बुझाउने

काठमाडौं– नेपाली कांग्रेसले सोमबार निर्वाचन आयोगमा समानुपातिक सूचि बुझाउने भएको

रास्वपाको समानुपातिक उम्मेदवार छनोट गर्न प्रारम्भिक मतदानको समय थपियो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक उम्मेदवार छनोटका लागि जारी प्रारम्भिक

बालेन र रवि मिलेपछि जनार्दनसँग कुलमानको सहकार्य, एकै चुनाव चिह्न प्रयोग गर्ने

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र राष्ट्रिय स्वतन्त्र पार्टीका

हेल्प नेपाल क्वाटरफाइनलमा

काठमाडौं– साबिक विजेता हेल्प नेपाल नवौँ एनभीए महिला तथा पुरुष