रास्वपाले भन्यो- ओली नेतृत्वको सरकारको औचित्य सकियो, देशलाई ताजा जनादेशमा लैजाऊँ « Khabarhub

रास्वपाले भन्यो- ओली नेतृत्वको सरकारको औचित्य सकियो, देशलाई ताजा जनादेशमा लैजाऊँ


२३ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सत्तारूढ एमाले–कांग्रेस गठबन्धन सरकारको बर्खास्तीको माग गरेको छ।

देशभर फैलिएको भ्रष्टाचार, कानूनी शासनको उल्लंघन, राजनीतिक दमन र सामाजिक सञ्जाल बन्देजमार्फत् अभिव्यक्ति स्वतन्त्रता खोसिएको भन्दै रास्वपाले यस्तो माग गरेको हो।

पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले सोमबार जारी गरेको विज्ञप्तिमा राजधानीमा जेनजी पुस्ताले गरेको शान्तिपूर्ण प्रदर्शनमाथि सरकारद्वारा गरिएको दमनको भर्त्सना गरिएको छ।

वक्तव्यमा भनिएको छ, ‘निहत्था युवामाथि गरिएको आमहत्याले वर्तमान सरकारको औचित्य पूर्ण रूपमा समाप्त भएको छ। आफ्नै सन्तानको रगतमा लत्पतिएर कुशासन लम्ब्याउने कुचेष्टा अब जनताले सहने छैनन्।

रास्वपाले प्रधानमन्त्री केपी शर्मा ओलीको तत्काल राजीनामा माग गर्दै घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्न तथा गृहमन्त्री रमेश लेखकसहित दोषीहरूमाथि कडा कारबाही गर्न आग्रह गरेको छ।

यस्तै, पार्टीले नेपाली कांग्रेस र नेकपा एमालेको वर्चस्व रहेको वर्तमान संघीय संसद् राष्ट्रिय मुद्दा समाधान गर्न असमर्थ भएको ठहर गर्दै ताजा जनादेशका लागि शीघ्र चुनावको माग अघि सारेको छ।

प्रहरीसँगको झडपका क्रममा मारिएका ’जेनजी आन्दोलनका युवाहरू’प्रति श्रद्धाञ्जली व्यक्त गर्दै रास्वपाले घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्न पनि सरकारलाई आग्रह गरेको छ।

अहिले पार्टी सचिवालय बैठक बसिरहेको र आगामी आन्दोलनको रोडम्याप छिट्टै सार्वजनिक गरिने पनि रास्वपाले जनाएको छ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  ६ : ३८ बजे

कांग्रेसमा अब कुनै गुट छैन : प्रदेश सभापति शर्मा

लेखनाथ– नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले विशेष महाधिवेशनपछि

प्रतिनिधिसभा निर्वाचन : कञ्चनपुरमा ४८ जना नयाँ उम्मेदवार

महेन्द्रनगर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरमा

पाकिस्तानमा सुरक्षाकर्मी र बलुच चरमपन्थीबीच भीषण संघर्ष, आक्रमणकारीसहित कम्तीमा १२० जना मारिए

इस्लामावाद- पाकिस्तानको बलुचिस्तान प्रान्तमा शनिबार भएका आत्मघाती आक्रमण र गोलीकाण्डमा

पतञ्जलि जग्गा प्रकरण : माधव नेपालसहितका ९३ जना विरुद्धको मुद्दामा साक्षी बुझ्ने आदेश

काठमाडौं- विशेष अदालतले नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालसहित ९३

इरानले गर्‍यो इयु सेनालाई आतङ्कवादी घोषणा

दुबई– इरानका सभामुख मोहम्मद बाघेर कालिबाफले आइतबार इस्लामिक गणतन्त्रले अब