गृहमन्त्री लेखक बालुवाटारबाट बूढानीलकण्ठतिर « Khabarhub

गृहमन्त्री लेखक बालुवाटारबाट बूढानीलकण्ठतिर


२३ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गृहमन्त्री रमेश लेखक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा सहभागी भएर बूढानीलकण्ठ पुगेका छन् ।

सोमबार जेन-जी पुस्ताले गरेको प्रदर्शनका क्रममा प्रहरीसँग भएको झडपमा कम्तीमा पनि १९ जनाको ज्यान गएको अवस्थामा गृहमन्त्री लेखक कांग्रेस सभापति शेरबहादुर देउवासँग संवादका लागि बूढानीलकण्ठ पुगेका हुन् ।

उनी सिंहदरबारबाट सुरक्षा प्रमुखहरूसहित बालुवाटार पुगेका थिए । बालुवाटारमा सुरक्षा परिषद्को बैठक सकिएपछि उनी बूढानीलकण्ठ गएका हुन् ।

लेखक बालुवाटारमै जारी संघीय मन्त्रिपरिषद्को बैठकमा देखिएका छैनन् । बूढानीलकण्ठमा नेपाली कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठक राखिएको छ। उक्त बैठकमा लेखकलाई पनि बोलावट भएको हो ।

बैठकमा कांग्रेसबाट सरकारका नेतृत्वकर्ता उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह पनि सहभागी छन् ।

सोमबार १९ जनाको ज्यान जाने गरी दमन भएपछि गृहमन्त्री लेखकमाथि राजीनामाको दबाब बढेको छ।

उक्त घटनापछि उनले सुरक्षा प्रमुखहरूको पनि ब्रिफिङ लिएका थिए । स्रोतका अनुसार उनलाई सुरक्षा प्रमुखहरूले जेन-जीको आन्दोलनमा यो तहको घूसपैठ होला भन्ने आफूहरूले नसोचेको बताएका छन् ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  ७ : ३६ बजे

कांग्रेसमा अब कुनै गुट छैन : प्रदेश सभापति शर्मा

लेखनाथ– नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले विशेष महाधिवेशनपछि

प्रतिनिधिसभा निर्वाचन : कञ्चनपुरमा ४८ जना नयाँ उम्मेदवार

महेन्द्रनगर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरमा

पाकिस्तानमा सुरक्षाकर्मी र बलुच चरमपन्थीबीच भीषण संघर्ष, आक्रमणकारीसहित कम्तीमा १२० जना मारिए

इस्लामावाद- पाकिस्तानको बलुचिस्तान प्रान्तमा शनिबार भएका आत्मघाती आक्रमण र गोलीकाण्डमा

पतञ्जलि जग्गा प्रकरण : माधव नेपालसहितका ९३ जना विरुद्धको मुद्दामा साक्षी बुझ्ने आदेश

काठमाडौं- विशेष अदालतले नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालसहित ९३

इरानले गर्‍यो इयु सेनालाई आतङ्कवादी घोषणा

दुबई– इरानका सभामुख मोहम्मद बाघेर कालिबाफले आइतबार इस्लामिक गणतन्त्रले अब