उज्बेकिस्तानमा भएको सवारी दुर्घटनामा ७ जनाको मृत्यु, ९ जना घाइते « Khabarhub

उज्बेकिस्तानमा भएको सवारी दुर्घटनामा ७ जनाको मृत्यु, ९ जना घाइते


२३ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– उज्बेकिस्तानको राजधानी तास्कन्द नजिकको अङ्ग्रेन् क्षेत्र हुँदै जाने तास्कन्द–ओश अन्तरदेशीय राजमार्गमा सेप्टेम्बर ८ आइतबार एक गम्भीर सवारी दुर्घटना भएको छ । आठवटा सवारीसाधन आपसमा ठोक्किँदा  सात जनाको ज्यान गएको छ भने अन्य नौ जना घाइते भएका छन् ।

उज्बेकिस्तानको आन्तरिक मामिला मन्त्रालयद्वारा प्रकाशित जानकारीअनुसार, ‘शाकमान’ कम्पनीको एक मालवाहक गाडीले अनियन्त्रित भई दुईवटा अन्य मालवाहक सवारी र पाँचवटा यात्रुवाहक गाडीहरूमा ठक्कर दिएको थियो । 

ठक्करपछि केही सवारीसाधनमा आगलागीसमेत भएको बताइएको छ, जसलाई उद्धारकर्मीहरूले तत्काल नियन्त्रणमा लिएका थिए ।

दुर्घटनामा परी सात जनाको घटनास्थलमै मृत्यु भएको पुष्टि गरिएको छ । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेकाले तिनीहरूलाई अस्पतालमा भर्ना गरिएको छ, भने बाँकी चार जनालाई प्राथमिक उपचारपश्चात घर पठाइएको जनाइएको छ ।

सरकारले यस  घटनाको गम्भीरतापूर्वक छानबिन गर्न उपप्रधानमन्त्री ओचिलबोइ रामातोभको संयोजकत्वमा एक उच्चस्तरीय समिति गठन गरेको छ । सो समितिले मृतकका परिवारजनलाई आवश्यक राहत तथा घाइतेहरूलाई पूर्ण उपचार उपलब्ध गराउने कार्य अघि बढाइसकेको छ ।

साथै, घटनाबारे विस्तृत अनुसन्धानका लागि सम्बन्धित निकायमार्फत कानुनी प्रक्रिया प्रारम्भ गरिएको जानकारी प्राप्त भएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  ७ : ३५ बजे

कांग्रेसद्वारा कार्यसम्पादन समितिको बैठकको निर्णय कार्यान्वयन गर्न निर्देशन

काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको यही पुस १२ गते

बाघको आक्रमणबाट वृद्धाको मृत्यु

महेन्द्रनगर– कञ्चनपुरको पुर्नवास नगरपालिका–६ का एक वृद्धाको बाघको आक्रमणमा परी

चाँदी आयातमा पाइने विदेशी मुद्रा सटही सुविधामा मासिक कोटा

काठमाडौं– नेपाल राष्ट्र बैंकले चाँदी आयातका लागि पाइने विदेशी मुद्राको

निर्वाचन आचारसंहिता स्वीकृत

काठमाडौं– निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि  जारी हुने

रविसँगको सहमतिमा कमजोर देखिए बालेन, कसलाई फाइदा, कसलाई घाटा ?

काठमाडौं- लामो छलफलपछि आइतबार सबेरै बिहान राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)