उज्बेकिस्तानमा भएको सवारी दुर्घटनामा ७ जनाको मृत्यु, ९ जना घाइते « Khabarhub

उज्बेकिस्तानमा भएको सवारी दुर्घटनामा ७ जनाको मृत्यु, ९ जना घाइते


२३ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– उज्बेकिस्तानको राजधानी तास्कन्द नजिकको अङ्ग्रेन् क्षेत्र हुँदै जाने तास्कन्द–ओश अन्तरदेशीय राजमार्गमा सेप्टेम्बर ८ आइतबार एक गम्भीर सवारी दुर्घटना भएको छ । आठवटा सवारीसाधन आपसमा ठोक्किँदा  सात जनाको ज्यान गएको छ भने अन्य नौ जना घाइते भएका छन् ।

उज्बेकिस्तानको आन्तरिक मामिला मन्त्रालयद्वारा प्रकाशित जानकारीअनुसार, ‘शाकमान’ कम्पनीको एक मालवाहक गाडीले अनियन्त्रित भई दुईवटा अन्य मालवाहक सवारी र पाँचवटा यात्रुवाहक गाडीहरूमा ठक्कर दिएको थियो । 

ठक्करपछि केही सवारीसाधनमा आगलागीसमेत भएको बताइएको छ, जसलाई उद्धारकर्मीहरूले तत्काल नियन्त्रणमा लिएका थिए ।

दुर्घटनामा परी सात जनाको घटनास्थलमै मृत्यु भएको पुष्टि गरिएको छ । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेकाले तिनीहरूलाई अस्पतालमा भर्ना गरिएको छ, भने बाँकी चार जनालाई प्राथमिक उपचारपश्चात घर पठाइएको जनाइएको छ ।

सरकारले यस  घटनाको गम्भीरतापूर्वक छानबिन गर्न उपप्रधानमन्त्री ओचिलबोइ रामातोभको संयोजकत्वमा एक उच्चस्तरीय समिति गठन गरेको छ । सो समितिले मृतकका परिवारजनलाई आवश्यक राहत तथा घाइतेहरूलाई पूर्ण उपचार उपलब्ध गराउने कार्य अघि बढाइसकेको छ ।

साथै, घटनाबारे विस्तृत अनुसन्धानका लागि सम्बन्धित निकायमार्फत कानुनी प्रक्रिया प्रारम्भ गरिएको जानकारी प्राप्त भएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  ७ : ३५ बजे

कांग्रेसमा अब कुनै गुट छैन : प्रदेश सभापति शर्मा

लेखनाथ– नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले विशेष महाधिवेशनपछि

प्रतिनिधिसभा निर्वाचन : कञ्चनपुरमा ४८ जना नयाँ उम्मेदवार

महेन्द्रनगर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरमा

पाकिस्तानमा सुरक्षाकर्मी र बलुच चरमपन्थीबीच भीषण संघर्ष, आक्रमणकारीसहित कम्तीमा १२० जना मारिए

इस्लामावाद- पाकिस्तानको बलुचिस्तान प्रान्तमा शनिबार भएका आत्मघाती आक्रमण र गोलीकाण्डमा

पतञ्जलि जग्गा प्रकरण : माधव नेपालसहितका ९३ जना विरुद्धको मुद्दामा साक्षी बुझ्ने आदेश

काठमाडौं- विशेष अदालतले नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालसहित ९३

इरानले गर्‍यो इयु सेनालाई आतङ्कवादी घोषणा

दुबई– इरानका सभामुख मोहम्मद बाघेर कालिबाफले आइतबार इस्लामिक गणतन्त्रले अब