गृह मन्त्रालयले आन्दोलनमा भएको घटनाको विवरण सङ्कलन गर्दै « Khabarhub

गृह मन्त्रालयले आन्दोलनमा भएको घटनाको विवरण सङ्कलन गर्दै


२३ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गृह मन्त्रालयले काठमाडौँसहित मुलुकका विभिन्न स्थानमा आज ‘जेनजी’ पुस्ताको नाममा भएको आन्दोलनका क्रममा भएका घटनाबारे विवरण सङ्कलन भइरहेको जनाएको छ ।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले विवरण सङ्कलनको काम भइरहेको र हालसम्म प्रहरीबाट १९ जनाको मृत्यु र दुई सय जना हाराहारीमा घाइते भएको जानकारी आएको बताए ।

आन्दोलनले उग्ररुप लिएपछि काठमाडौँ, ललितपुर, रुपन्देही, कास्कीलगायत जिल्लाका संवेदनशील क्षेत्रमा कफ्र्यु आदेश जारी गरिएको छ । प्रदर्शनमा घाइते भएकाहरूको विभिन्न अस्पतालमा उपचार हुनुका साथै घटनामा भएको क्षतिको विवरण सङ्कलन भइरहेको प्रवक्ता काफ्लेले बताए ।

प्रदर्शनकारीले काठमाडौंगायत देशका विभिन्न भागमा रहेका सरकारी संरचना र सवारीसाधनमा आगजनीसमेत गरेका छन्भने प्रहरीले काठमाडौँबाट ४० जना प्रदर्शनकारीलाई पक्राउ गरेको जनाएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  ८ : ०० बजे

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्यान्सरको उपचार हुने

देउखुरी– यहाँस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्यान्सरको उपचार हुने भएको छ

कांग्रेसमा अब कुनै गुट छैन : प्रदेश सभापति शर्मा

लेखनाथ– नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले विशेष महाधिवेशनपछि

प्रतिनिधिसभा निर्वाचन : कञ्चनपुरमा ४८ जना नयाँ उम्मेदवार

महेन्द्रनगर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरमा

पाकिस्तानमा सुरक्षाकर्मी र बलुच चरमपन्थीबीच भीषण संघर्ष, आक्रमणकारीसहित कम्तीमा १२० जना मारिए

इस्लामावाद- पाकिस्तानको बलुचिस्तान प्रान्तमा शनिबार भएका आत्मघाती आक्रमण र गोलीकाण्डमा

पतञ्जलि जग्गा प्रकरण : माधव नेपालसहितका ९३ जना विरुद्धको मुद्दामा साक्षी बुझ्ने आदेश

काठमाडौं- विशेष अदालतले नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालसहित ९३