नेपालकै सबैभन्दा लामो कर्णाली पुल (तस्बिरहरू) « Khabarhub

नेपालकै सबैभन्दा लामो कर्णाली पुल (तस्बिरहरू)


२२ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

बर्दिया– एक दशक अगाडि नै निर्माण गरी सञ्चालन भई रहेको एक हजार १५ मिटर लम्बाइको नेपालकै लामो कर्णाली (गेरुवा) पुल सञ्चालनसँगै सो क्षेत्रका स्थानीय लाभान्वित भएका छन् ।

राजापुर नगरपालिका लगायत सो क्षेत्रका स्थानीयले वर्षौँदेखि जोखिमपूर्ण रुपमा नदी तर्न नाउ, ढुङ्गा प्रयोग गर्नुपर्ने अवस्थाको अन्त्य भएको छ ।

यस पुल नेपालकै लामो पुल मात्र नभई निर्माण गर्दा समेत लक्ष्यभन्दा नौ महिनाअघि नै सम्पन्न गरिएको हो । २०६७ साल कात्तिक १६ गतेदेखि निर्माण सुरु गरिएको पुल ०७२ साल असार मसान्तभित्र पूरा गर्ने सम्झौता थियो । लक्ष्यभन्दा निकै तीव्र गतिमा काम सम्पन्न भई तोकिएको समयभन्दा नौ महिना अगावै ०७१ भदौ मसान्तमा पुल निर्माण सम्पन्न भएको थियो ।

एक दशक अगाडिसम्म पुलको अभावमा गर्भवती, अशक्त, बिरामीलाई जुन समस्या हुन्थ्यो अब त्यो समाप्त भएकोमा स्थानीय खुसी भएका छन् ।

सदरमुकाम गुलरियाबाट २५ किलोमिटर पश्चिममा बनेको पुलको चौडाइ ९ मिटर १० सेन्टिमिटर डबल लेनको फुटपाथसमेत छ । पुल निर्माणपछि राजापुर क्षेत्रका करिब २ लाख भन्दा बढी जनता लाभान्वित भएका छन्।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  १० : १३ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले