म्याग्दीको सिंगामा उत्पादित दूध पोखरामा « Khabarhub

म्याग्दीको सिंगामा उत्पादित दूध पोखरामा


२२ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

म्याग्दी–  म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा उत्पादन भएको दूध पोखरामा पठाउन हुन थालिएको छ । गाउँमा उत्पादन भएको दूध स्थानीय बजारमा खपत हुन नसकेपछि बास्कुना कृषि सहकारीले दूध सङ्कलन गरेर पोखराको सुजल डेरी उद्योगलाई बिक्री गर्न थालेको हो । 

वडा कार्यालयको पहलमा  कृषि सहकारी र सुजल डेरी प्रालिबीचमा दूध उत्पादन तथा खरिदबिक्रीको सम्झौता गरी म्याग्दीबाट पहिलोपटक व्यावसायिक रुपमा दूध पोखरा पठाउन सुरु गरिएको सहकारीका अध्यक्ष तिलक गुरुङले जानकारी दिए  ।

म्याग्दीको स्थानीय बजारमा गाईको दूध खपत नहुने भएपछि सहकारीले कृषकहरुबाट दूध सङ्कलन गर्ने र उद्योगले आफैँ आएर दूध खरिद गरेर लैजाने व्यवस्था मिलाइएको अगुवा कृषक समेत रहेका सहकारीका अध्यक्ष गुरुङले बताए ।

‘अहिलेसम्म भैँसीको दूध मात्रै बेनीमा खपत हुने गरेको थियो, अब गाई र भैँसीको दूध नै बिक्री हुने सुनिश्चित भएको छ, कृषकले जति उत्पादन गरे पनि उद्योगले दूध खरिद गर्ने सम्झौता भएको छ’, उनले भने । 

बास्कुना कृषि सहकारी सस्थाले सिंगाको पुलचोकमा दुग्ध सङ्कलन तथा चिस्यान केन्द्र स्थापना गरेको छ । कृषकहरूले हरेक दिन केन्द्रमा दूध सङ्कलन गर्ने र ५०० लिटर बढी दूध सङ्कलन भएपछि उद्योगले आफैँ ढुवानी गरेर दूध लैजाने व्यवस्था मिलाइएको छ । मङ्गलबार पहिलो दिन ७५० लिटर दूध उद्योगले खरिद गरेर लगेको सहकारीले जनाएको छ । दुग्ध सङ्कलन केन्द्रमा अहिले २० जना कृषकहरूले दैनिक रूपमा दूध बिक्री गर्न ल्याउन सुरु गरेका छन् । सुजल डेरी उद्योगको दूध ढुवानी गर्ने ट्याङ्कर अहिले दुई दिनमा एक पटक सिंगा आएर दूध ढुवानी गरी लैजान थालेको छ ।

मेसिनबाट दूधको गुणस्तर मापन गर्ने र गुणस्तरका आधारमा मूल्य पाउने गरी स्थानीयस्तरमा उत्पादन भएको दूधलाई पोखरा निर्यात गर्ने प्रबन्ध मिलाइएको बेनी नगरपालिका–४ का वडाध्यक्ष अणबहादुर खड्काले बताए । उनका अनुसार, कृषकलाई १५/१५ दिनमा दूधको रकम भुक्तानी हुने सम्झौता गरिएको छ ।

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  १२ : २५ बजे

बलिउडका चर्चित हास्य अभिनेता मुस्ताक खानको ७५ वर्षको उमेरमा निधन

काठमाडौं– भारतीय चलचित्र क्षेत्रमा आफ्नो फरक हास्य शैली र अभिनयबाट

बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ

धनगढी– हिमाली जिल्ला बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका किसानले उत्पादन गरेको

तोलामा ५०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको

इच्छाकामनाको धारापानीमा पनि भासियो पृथ्वी राजमार्ग

काठमाडौं- कृष्णभीरमा भासिएर आवागमन बन्द भएको पृथ्वी राजमार्ग इच्छाकामना गाउँपालिका

पृथ्वी राजमार्गअन्तर्गत चितवनको धारापानीमा भासिएको सडक (तस्बिरहरू)

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ धारापानीमा सडक भासिएको  छ