दीपक धामीको चेतावनी- जेन-जी आन्दोलनमा आगजनी र तोडफोड गर्नेलाई कारबाही नगरे सडकमा आउँछौँ « Khabarhub

दीपक धामीको चेतावनी- जेन-जी आन्दोलनमा आगजनी र तोडफोड गर्नेलाई कारबाही नगरे सडकमा आउँछौँ


२२ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका महासचिव दीपक धामीले राष्ट्रका सम्पदा जलाउनेलाई कारबाही नभए आफूहरू सडकमा आउने चेतावनी दिएका छन् ।  

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा धामीले जेन-जी आन्दोलनप्रति आफूहरूको पनि एक्येबद्धता रहे पनि आन्दोलनका नाममा भएको आगजनी र तोडफोड गर्नेलाई कारबाही नभए आफूहरू सडकमा आउने चेतावनी दिएका हुन् । 

जेन-जी आन्दोलनमा घुसपैठ भएर गरिएको हत्या, आगजनी र लुटपाट गर्ने र त्यसको लागि उक्साउनेलाई कारबाहीको लागि आफूहरूले प्रहरीमा जाहेरी दिएको उनले बताए । 

भ्रष्टाचार र अपराधमा दोषीलाई बचाउनु हुँदैन भन्नेमा आफूहरू पनि लागिरहेको बताउँदै धामीले सामाजिक सञ्जालबाट दोषी करार गरेर बदनाम गर्ने कार्यप्रति आफ्नो संगठनले आपत्ति रहेको जिकिर गरे । 

जेन-जी आन्दोलनको नाममा विवादित व्यक्तिहरू सरकारमा पुगेको र उनीहरूले प्रतिरोधका आधारमा राज्यका संयन्त्र परिचालन गर्न खोजेको धामीले बताए । 

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  २ : १६ बजे

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द