दीपक धामीको चेतावनी- जेन-जी आन्दोलनमा आगजनी र तोडफोड गर्नेलाई कारबाही नगरे सडकमा आउँछौँ « Khabarhub

दीपक धामीको चेतावनी- जेन-जी आन्दोलनमा आगजनी र तोडफोड गर्नेलाई कारबाही नगरे सडकमा आउँछौँ


२२ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका महासचिव दीपक धामीले राष्ट्रका सम्पदा जलाउनेलाई कारबाही नभए आफूहरू सडकमा आउने चेतावनी दिएका छन् ।  

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा धामीले जेन-जी आन्दोलनप्रति आफूहरूको पनि एक्येबद्धता रहे पनि आन्दोलनका नाममा भएको आगजनी र तोडफोड गर्नेलाई कारबाही नभए आफूहरू सडकमा आउने चेतावनी दिएका हुन् । 

जेन-जी आन्दोलनमा घुसपैठ भएर गरिएको हत्या, आगजनी र लुटपाट गर्ने र त्यसको लागि उक्साउनेलाई कारबाहीको लागि आफूहरूले प्रहरीमा जाहेरी दिएको उनले बताए । 

भ्रष्टाचार र अपराधमा दोषीलाई बचाउनु हुँदैन भन्नेमा आफूहरू पनि लागिरहेको बताउँदै धामीले सामाजिक सञ्जालबाट दोषी करार गरेर बदनाम गर्ने कार्यप्रति आफ्नो संगठनले आपत्ति रहेको जिकिर गरे । 

जेन-जी आन्दोलनको नाममा विवादित व्यक्तिहरू सरकारमा पुगेको र उनीहरूले प्रतिरोधका आधारमा राज्यका संयन्त्र परिचालन गर्न खोजेको धामीले बताए । 

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  २ : १६ बजे

शुक्रबार बिहानैदेखि देशका अधिकांश भागमा वर्षा, धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षा

काठमाडौँ – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले

प्रधानमन्त्री बालेनले राष्ट्रसङ्घ सहासभामा उठाएका १७ सवाल

काठमाडौँ – नेपालका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले संयुक्त राष्ट्रसङ्घको ८१औँ

राष्ट्रसंघ महासभामा प्रधानमन्त्री बालेनले के के भने ?

काठमाडौँ — प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको बाढी, जलवायु परिवर्तन र

राष्ट्रसंघको महासभा बालेनको प्रश्न– जलवायु परिवर्तनको मूल्य नेपालले कहिलेसम्म तिर्ने ?

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन

राष्ट्रसंघ महासभामा प्रधानमन्त्री बालेनको प्रश्न– ‘भोटेकोशी बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंले सुन्नुभयो ?’

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन