एक हजार १५ मिटर लम्बाइको नेपालकै लामो कर्णाली पुल (तस्बिरहरू) « Khabarhub

एक हजार १५ मिटर लम्बाइको नेपालकै लामो कर्णाली पुल (तस्बिरहरू)


२२ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एक दशक अगाडि नै निर्माण गरी सञ्चालन भई रहेको एक हजार १५ मिटर लम्बाइको नेपालकै लामो कर्णाली (गेरुवा) पुल सञ्चालन सँगै सो क्षेत्रका स्थानका स्थानीयहरू लाभान्वित भएका छन्  ।

राजापुर नगरपालिका लगायत सो क्षेत्रका स्थानीयहरूले वर्षौँ देखि जोखिमपूर्ण रूपमा नदी तर्न नाउ, ढुङ्गा प्रयोग गर्नु पर्ने अवस्थाको अन्त्य भएको छ ।

यस पुल नेपालकै लामो पुल मात्र नभई निर्माण गर्दा समेत लक्ष्यभन्दा नौ महिनाअघि नै सम्पन्न गरीएको हो । २०६७ कात्तिक १६ गतेदेखि निर्माण सुरु गरिएको पुल ०७२ असार मसान्तभित्र पूरा गर्ने सम्झौता थियो। लक्ष्यभन्दा निकै तीव्र गतिमा काम सम्पन्न भई तोकिएको समयभन्दा नौ महिना अगावै ०७१ भदौ मसान्तमा पुल निर्माण सम्पन्न भएको थियो ।

एक दशक अगाडिसम्म ‘पुलको अभावमा गर्भवती, अशक्त, बिरामीलाई जुन समस्या हुन्थ्यो अब त्यो समाप्त भएकोमा स्थानीय खुसी भएका छन् ।

सदरमुकाम गुलरियाबाट २५ किलोमिटर पश्चिममा बनेको पुलको चौडाइ ९ मिटर १० सेन्टिमिटर डबल लेनको फुटपाथसमेत छ। पुल निर्माणपछि राजापुर क्षेत्रका करिब २ लाख भन्दा बढी जनता लाभान्वित भएका छन् । 

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  २ : ०८ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा