दसैँ अवधिमा एक करोड बढीको खाद्यान्न बिक्री « Khabarhub

दसैँ अवधिमा एक करोड बढीको खाद्यान्न बिक्री


२२ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

कर्णाली– कर्णाली प्रदेशस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सुर्खेतले दसैँ अवधिमा एक करोड बढीको खाद्यान्न बिक्री गरेको छ ।

भदौ ३० गतेदेखि सुपथ मूल्य पसल राखेर बिक्री सुरु गरेको व्यापार कम्पनीले दुई सातामा एक करोड १३ लाख पाँच हजार ७९१ मूल्य बराबरको खाद्यान्न बिक्री  गरेको हो । 

यस अघि हरेक दिन करिब एक लाखको दरले बिक्री गरेकोमा दसैँ अवधिमा दैनिक रु १५ लाख बराबरको खाद्यान्न बिक्री गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी कर्णाली प्रदेश सुर्खेतका प्रादेशिक प्रमुख केशवराज बुढाले जानकारी दिए । उनका अनुसार दसैँ तथा तिहारलाई लक्षित गरेर सहुलियत दरमा खाद्यान्न बिक्री सुरु गरेपछि दश गुणाले कारोबार वृद्धि भएको छ । 

बुढाले भने, ‘दसैँ तथा तिहारका लागि १५ हजार ५०० क्विन्टल चामल, १७ हजार क्विन्टल चिनी र २२ हजार लिटर तेलको कोटा निर्धारण गरिएको छ । आइरन, जिङ्क, भिटामिन ए, फोलिक एसिड, भिटामिन बी–१२, थायमिन, नियासिन र पाइरिडक्सिनलगायत पौष्टिक तत्वयुक्त सुदृढ चामलमा पछिल्लो समयमा नागरिकहरूको आकर्षण बढ्दै गएको छ ।’

सरकारले कर्णालीका नागरिकहरूको कुपोषण घटाउने उद्देश्यका साथ फोर्टिफाइड (सुदृढ) चामल वितरणमा जोड दिएको छ । चालु आर्थिक वर्षका लागि सरकारले कर्णालीका नौ जिल्लामा पुग्ने गरी एक लाख क्विन्टल खाद्य अनुदान कोटा छुट्याएको उनले बताए ।

व्यापार कम्पनीका सूचना अधिकारी शोभा रेग्मीले भदौ ३० गतेयता ८३५ क्विन्टल चामल, १३१ दशमलव ११ क्विन्टल चिनी र अठार हजार ६६० लिटर तेल बिक्री भएको बताए। नागरिकका लागि सहुलियत दरमा खाद्य वितरण सेवा आगामी कात्तिक १० गतेसम्मका लागि प्रवाह गरिने कम्पनीले जनाएको छ । 
 

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  १ : ४४ बजे

तोलामा ५०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको

इच्छाकामनाको धारापानीमा पनि भासियो पृथ्वी राजमार्ग

काठमाडौं- कृष्णभीरमा भासिएर आवागमन बन्द भएको पृथ्वी राजमार्ग इच्छाकामना गाउँपालिका

पृथ्वी राजमार्गअन्तर्गत चितवनको धारापानीमा भासिएको सडक (तस्बिरहरू)

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ धारापानीमा सडक भासिएको  छ

हर्मुज जलघाँटी खोल्न इरानको सातदिने प्रस्ताव

न्युयोर्क– इरानले पश्चिम एसियामा जारी द्वन्द्व अन्त्य गर्दै हर्मुज जलघाँटी

बल्खुको तरकारी बजार प्रवेश गर्न लाग्यो बागमती

काठमाडौं– बागमती नदीको प्रवाह बढेपछी बल्खुस्थित तरकारी बजार डुबानको जोखिममा