रसायनशास्त्रमा नोबेल पुरस्कार आज घोषणा हुँदै « Khabarhub

रसायनशास्त्रमा नोबेल पुरस्कार आज घोषणा हुँदै


२२ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – रोयल स्विडिस एकेडेमी अफ साइन्सेजले आज (बुधबार) रसायनशास्त्रका लागि यस वर्षको नोबेल पुरस्कार घोषणा गर्ने भएको छ ।

सन् १९०१ देखि सन् २०२४ सम्ममा १९५ जना विज्ञलाई ११६ पटक रसायनशास्त्रमा नोबेल पुरस्कार प्रदान गरिएको छ । सन् २०२४ को पुरस्कार सियाटलस्थित वासिङ्टन विश्वविद्यालयका बायोकेमिस्ट डेभिड बेकर र लन्डनस्थित ब्रिटिस–अमेरिकी आर्टिफिसियल इन्टेलिजेन्स अनुसन्धान संस्था गुगल डिपमाइन्डका कम्प्युटर वैज्ञानिक डेमिस ह्यासाबिस र जोन जम्परलाई प्रदान गरिएको थियो ।

यी तीन वैज्ञानिकलाई जीवनका आधारभूत निर्माण खण्डहरू नयाँ प्रोटिनहरू डिकोड गर्ने र डिजाइन गर्ने शक्तिशाली प्रविधि विकास गरेको योगदानका लागि पुरस्कृत गरिएको थियो । उनीहरूको अनुसन्धानले आर्टिफिसियल इन्टेलिजेन्ससहित अत्याधुनिक प्रविधिहरू प्रयोग गर्दै नयाँ औषधि र सामग्री उत्पादनमा क्रान्ति ल्याउने सम्भावना देखाएको थियो ।

सन् २०२५ का नोबेल पुरस्कारमध्ये पहिलो पुरस्कार सोमबार घोषणा गरिएको थियो । चिकित्साशास्त्रतर्फ परिधीय प्रतिरक्षा सहिष्णुता सम्बन्धी महत्त्वपूर्ण आविष्कारका लागि प्रोफेसर मेरी ई. ब्रन्को, फ्रेड राम्सडेल र डा. शिमोन सकागुचीलाई सम्मान गरिएको हो ।

मंगलबार घोषणा गरिएको भौतिकशास्त्र पुरस्कार जोन क्लार्क, मिशेल एच. डेभरेट र जोन एम. मार्टिनिसलाई प्रदान गरिएको थियो । उनीहरूलाई दैनिक डिजिटल सञ्चार र कम्प्युटिङ प्रविधिको शक्तिलाई नयाँ स्तरमा पु¥याउने उपआणिवक क्वान्टम टनेलिङ सम्बन्धी अनुसन्धानका लागि सम्मान गरिएको हो ।

यस वर्षको नोबेल शृङ्खलामा बिहीबार साहित्यतर्फको पुरस्कार घोषणा हुनेछ भने नोबेल शान्ति पुरस्कार शुक्रबार र अर्थशास्त्र पुरस्कार आगामी सोमबार सार्वजनिक गरिनेछ ।

नोबेल पुरस्कार वितरण समारोह डिसेम्बर १० मा हुनेछ । उक्त दिन पुरस्कारका संस्थापक तथा डायनामाइटका आविष्कारक धनी स्विडेनी उद्योगपति अल्फ्रेड नोबेलको पुण्यतिथि पनि हो । नोबेलको सन् १८९६ मा निधन भएको थियो ।

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  २ : ३६ बजे

कालीगण्डकी करिडोर अवरुद्ध

गुल्मी – कालीगण्डकी करिडोरअन्तर्गत गुल्मीको रुद्रबेणी–पूर्तिघाट सडक अवरुद्ध भएको छ

बालेनको प्रस्ताव : नेपाल, भारत र चीनबीच ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ स्थापना गरौँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका चुनौतीसँग जुध्न नेपाल,

पहिरोले बिपी राजमार्ग अवरुद्ध : रोशी खाेलामा बाढी

काभ्रेपलाञ्चोक – अविरल वर्षाका कारण पहिरो जाँदा बिपी राजमार्ग अवरुद्ध

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री वोङबीच भेटवार्ता

न्यूयोर्क – परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वोङबीच

पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द

चितवन : पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्ड अर्को सूचना जारी