महेश बस्नेतले भने- बालेनकै योजनामा ओलीलगायत हामीलाई पक्राउ गर्न प्रशासनलाई दबाब दिइयो « Khabarhub

महेश बस्नेतले भने- बालेनकै योजनामा ओलीलगायत हामीलाई पक्राउ गर्न प्रशासनलाई दबाब दिइयो


२२ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका नेता महेश बस्नेतले बालेन शाहको योजनामा केपी ओली, रमेश लेखक र आफूलाई पक्राउ गर्न प्रशासनलाई दबाब दिइएको आरोप लगाएका छन् ।  

बुधबार एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै बस्नेतले बालेनको योजनामा ओली, लेखक र आफूलाई गिरफ्तार गर्न सुदन गुरुङजस्ता मान्छेहरूले प्रशासनलाई दबाब दिइएको आरोप लगाएका हुन् ।

उनले जेन-जी आन्दोलनका नाममा अन्तर्राष्ट्रिय शक्तिका एजेन्डाहरूले राज्य संयन्त्रलाई कब्जा गर्न खोजेको टिप्पणी गरे । सुदन गुरुङजस्ता मान्छेहरूलाई एम्बुस बनाएर पड्काउने प्रयास भएको उनको भनाइ छ । बस्नेतले बालेनको योजनामा नै नेताहरूको घरदेखि अन्य संरचनामा तोडफोड र आगजनी गराइएको बताए ।

अहिले पनि साइबर अपराधमार्फत लुटपाटका धन्दा चलिरहँदा गृह प्रशासन त्यसलाई संरक्षण गर्न लागेको उनले बताए ।

भिडियोमा हेर्नुहोस् :

बस्नेतले जेन-जी आन्दोलनको क्रममा भएको घटनाको छानबिन गर्न आयोग बनेको अवस्थामा निष्पक्ष छानबिनका लागि दोषीमाथि कारबाही गर्नुपर्ने माग गरे । 

उनले विभिन्न षडयन्त्र गरेर आफूलाई गिरफ्तार गर्ने योजनालाई अदालतले फिर्ता गरेको जिकिर गरे । प्रमाण नपुग्ने भनेर तामेलीमा राखेको मुद्दा अहिले दबाबमा खोलिएको आरोप लगाउँदै बस्नेतले बुधबार नै आफूले बयान दिएर आएको जानकारी दिए ।  

उनले फुलपातीको दिनदेखि अहिलेसम्म आफूलाई पक्राउ गर्न दबाब दिइएको भन्दै आफूलाई पक्राउको कुनै डर नभएको जिकिर गरे । बस्नेतले जेनजीको नाममा अराजकता मच्चाउने विरुद्ध देशव्यापी अभियान चलाइने उल्लेख गरे । 

यो पनि पढ्नुहोस् :

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  २ : ४१ बजे

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ