हाँडी गाउँमा यसरी मनाइयो श्री चोकटे नारायण जात्रा (तस्बिरहरू) « Khabarhub

हाँडी गाउँमा यसरी मनाइयो श्री चोकटे नारायण जात्रा (तस्बिरहरू)


२२ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हाडीगाउँ, काठमाडौंमा वार्षिक श्री चोकटे नारायण जात्रा सम्पन्न भएको छ। यो जात्रा हाडीगाउँको प्रसिद्ध परम्परा हो र लिच्छवी कालदेखि मनाउँदै आएको छ । 

स्थानीय भाषामा यसलाई ‘गन न मरू जात्रा’ वा ‘कहीँ नभएको जात्रा हाडीगाउँमा’ भनेर पनि चिनिन्छ। जात्रामा ब्रह्मा, विष्णु, महेश्वर र सत्यनारायणको पूजा गरी भक्तजनहरूले रथको परिक्रमा गरेका थिए। जात्राको विशेषता भनेको रथको माथिल्लो भागमा भगवानको मूर्ति राखिएको हुनु, रथमा कहीँ नभएको विशेष फूलले सजाइएको हुनु, र रथको तीन तले छाना हुनु हो । 

रथको गजुर तलतिर फर्काइएको भएकाले जात्राको समयमा छाना फनफनी घुमाएर टोल वरिपरि परिक्रमा गरिएको थियो । यी अनौठा परम्परा र स्थानीय विशेषताहरूले यस जात्रालाई अन्य जात्राहरूबाट भिन्न र विशिष्ट बनाएको छ । 

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  ३ : ४१ बजे

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी – कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२०

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट