हाँडी गाउँमा यसरी मनाइयो श्री चोकटे नारायण जात्रा (तस्बिरहरू) « Khabarhub

हाँडी गाउँमा यसरी मनाइयो श्री चोकटे नारायण जात्रा (तस्बिरहरू)


२२ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हाडीगाउँ, काठमाडौंमा वार्षिक श्री चोकटे नारायण जात्रा सम्पन्न भएको छ। यो जात्रा हाडीगाउँको प्रसिद्ध परम्परा हो र लिच्छवी कालदेखि मनाउँदै आएको छ । 

स्थानीय भाषामा यसलाई ‘गन न मरू जात्रा’ वा ‘कहीँ नभएको जात्रा हाडीगाउँमा’ भनेर पनि चिनिन्छ। जात्रामा ब्रह्मा, विष्णु, महेश्वर र सत्यनारायणको पूजा गरी भक्तजनहरूले रथको परिक्रमा गरेका थिए। जात्राको विशेषता भनेको रथको माथिल्लो भागमा भगवानको मूर्ति राखिएको हुनु, रथमा कहीँ नभएको विशेष फूलले सजाइएको हुनु, र रथको तीन तले छाना हुनु हो । 

रथको गजुर तलतिर फर्काइएको भएकाले जात्राको समयमा छाना फनफनी घुमाएर टोल वरिपरि परिक्रमा गरिएको थियो । यी अनौठा परम्परा र स्थानीय विशेषताहरूले यस जात्रालाई अन्य जात्राहरूबाट भिन्न र विशिष्ट बनाएको छ । 

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  ३ : ४१ बजे

काभ्रेपलाञ्चोकका किसान मल्चिङ विधिबाट कफीखेती गर्दै

धुलिखेल– आम्दानीको मुख्य स्रोत कफीखेतीलाई बनाउँदै आएका काभ्रेपलाञ्चोकका महाभारत गाउँपालिकाका

संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड

काठमाडौं– पूर्वराष्ट्रपति रामवरण यादवले नेपालको संविधान उत्कृष्ट रहेको बताउँदै त्यसको

महोत्तरीमा चार लाख ३१ हजार मतदाता कायम

जलेश्वर– जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक गरेको छ ।

जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो

एजेन्सी – ऊर्जा मूल्यमा आएको गिरावट र खाद्य पदार्थको मूल्य

‘महाधिवेशनको निर्णय एकता र विजयको प्रतीक’

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशनका निर्णयहरू संविधान,