अझै ४५ जना बालबन्दी फरार « Khabarhub

अझै ४५ जना बालबन्दी फरार


२२ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– बाँकेको बैजनाथ गाउँपालिकास्थित नौबस्ता बाल सुधारगृहबाट भागेका ७८ जना बालबन्दीमध्ये अझै ४५ बालबन्दी अझै फरार रहेका छन् । 

फरार भएकामध्ये ३३ जनालाई पक्राउ गरिएको नौबस्ता बाल सुधारगृह, बाँकेका प्रमुख श्यामबहादुर रानाले जानकारी दिए । उनले  २९ जना बालबन्दी सम्पर्कमा आएको, तीन जना चितवन र एक जना काभ्रेमा पक्राउ गरिएको जानकारी दिँदै फरार भएकालाई पक्राउ गर्न अभिभावकसहित सबै संयन्त्र परिचालन भएको बताए। 

‘केही अभिभावकले सम्पर्कमा छन् पनि भनेका छन् तर सम्पर्कमा आएको देखिएन’, उनले भने । फरार भएकाहरू १७ वर्षदेखि २५ वर्षसम्म उमेर समूहका छन् । अहिले नौबस्ता बालसुधार गृहमा १२२ बालबन्दी रहेका छन् । 

जेनजी प्रदर्शनका क्रममा गत भदौ २४ गते राति प्रहरीसँग भीडन्त गरेर ७८ जना बालबन्दी सो बाल सुधारगृहबाट भागेका थिए । 

प्रमुख रानाले खोजीका लागि प्रहरीले नेपाल–भारत नाकादेखि पहाडी जिल्लामा समेत निगरानी बढाएको बताए । जिल्ला प्रहरी कार्यालय बाँकेले दसैँमा उनीहरू आफ्नो घरमा जान सक्ने सम्भावना रहेकाले फरार रहेकाको ठेगानामा समेत प्रहरीलाई परिचालन गरिएको जनाएको छ ।   

नौबस्ता बाल सुधारगृहले फरार भएका बालबन्दीलगायत सबै प्रकारका कैदीबन्दीलाई बाल सुधारगृह र कारागारमा फर्किनका लागि यही असोज २० गतेसम्मको समयसीमा दिइएको भए पनि सो समयसीमा पूरा भइसक्दासम्म फरार बालबन्दी नफर्किएको जनाएको छ । 

सो समभित्र बाल सुधारगृहको सम्पर्कमा नआएपछि उनीहरूलाई कारागार ऐन अनुसार कारबाही हुने बताइएको छ । 

बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले बालबन्दी र फरार थुनुवाको खोजीका लागि सहायक प्रमुख जिल्ला अधिकारी पूर्ण खत्रीको नेतृत्वमा कार्यदल निर्माण भएको जानकारी दिए। 

उनले फरार भएकाको खोजीका लागि स्थानीय तहलगायतका स्थानमा पत्राचार भएको उल्लेख गर्दै प्रहरीले पनि आन्तरिक रुपमा खोजतलास गरिरहेको बताए।  

‘आजै मात्रै पनि एक जना सम्पर्कमा आएको छ, केही दिनमा उनी कञ्चनपुरबाट आउँदै छन्’, उनले भने।  
 

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  ३ : ४० बजे

लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका

नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको सन्देश दिन विशेष कार्यक्रम

काठमाडौँ– नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपालको

जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण जोखिममा रहेका मुलुकहरूको

नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौँ– नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।

खोलाले बगाउँदा एक जनाको मृत्यु

काभ्रे– काभ्रेको धुलिखेल नगरपालिका–९ भएर बग्ने डाँफे खोलाले बगाउँदा एक