‘विपदबाट प्रभावित परिवारलाई राहत व्यवस्थापनमा कुनै कमी हुन दिँदैनौँ’ « Khabarhub

‘विपदबाट प्रभावित परिवारलाई राहत व्यवस्थापनमा कुनै कमी हुन दिँदैनौँ’


२२ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपदबाट प्रभावित घरपरिवारलाई राहत व्यवस्थापनमा कुनै कमी हुन नदिने जनाएको छ । 

बुधबार सिंहदरबारमा राहत व्यवस्थापनसम्बन्धी बैठकमा सरोकारवाला निकायसँग छलफल गर्दै प्राधिकरणले बढी प्रभावित इलाम र झापाका साथै अन्य जिल्लाहरूमा पनि प्रभावकारी ढंगले राहत व्यवस्थापन गरिने जनाएको हो ।

प्राधिकरणका कार्यकारी प्रमुख दिनेश प्रसाद भट्टले प्रशासन कार्यालयका साथै सबै निकायको समन्वयमा राहत व्यवस्थापनको कार्यलाई अघि बढाइने र कतै कमी तथा कतै दोहोरोपनको अवस्था आउन नदिने बताए ।

सबै भन्दा बढी क्षति भएको इलामबाट कर्मचारी अभावका कारण अझै पनि विस्तृत विवरण आउन नसकेकाले तत्कालै केही कर्मचारी गृह मन्त्रालयबाट पठाउने व्यवस्था गर्नुपर्ने उनले बताए ।

भट्टले धेरै जिल्लामा स्थानीय सरकारले प्रभावकारी ढंगले काम गरिरहेकाले कुनै समस्या भए केन्द्रबाट आवश्यक सहयोगको तयारीमा रहेको जानकारी दिए ।

प्राधिकरणले यसअघि नै प्रदेशलाई हस्तान्तरण गरिएका विपद् व्यवस्थापन सम्बन्धी गोदाम अहिले प्रयोगमा आएकाले उक्त गोदाममा कुनै कमी हुन नदिन आवश्यक समन्वय गरिने उनले उल्लेख गरे ।

प्राधिकरणका अनुसार असोज १७ देखि २० गतेसम्म भएको वर्षापछि आएको बाडी पहिरोका कारण हालसम्म ५३ जनाको मृत्यु भएको छ । जसमध्ये पहिरोका कारण ४०, बाढीका कारण ११ र चट्याङबाट २ जनाको मृत्यु भएको छ । त्यस्तै बाढीमा ५ जना बेपत्ता भएका छन् । 

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  ४ : ०९ बजे

कोप–३१ मा नेपालको प्राथमिकता : जलवायु न्याय, अनुकूलन र हानि–नोक्सानी

काठमाडौँ- नेपालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ

ऊर्जा केन्द्रमा रुस–युक्रेनको आक्रमण तीव्र, ट्रम्पका दूतसँग जेलेन्स्कीको वार्ता

एजेन्सी– रुस र युक्रेनले एकअर्काका ऊर्जा पूर्वाधारमा आक्रमण तीव्र पारिरहेका

भोटेकोशी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ आँसुमा

बर्दिया– घरघरमा जमरा राखिएका छन्, कुलदेवताको पूजा भइरहेको छ र

भारत छाड्ने सरकारी आदेशविरुद्ध अदालत पुगे इमरान खान, ओसीआई कार्ड पनि रद्द हुन सक्ने

काठमाडौँ – बलिउड अभिनेता आमिर खानका भान्जा तथा अभिनेता इमरान खान

टाइगर श्राफमाथि गोली प्रहारपछि भाग्दै थिए नेपालतर्फ ? कोटा रेलवे स्टेसनबाट तीन जना पक्राउ

काठमाडौँ – बलिउड अभिनेता टाइगर श्राफको कारमाथि गोली प्रहार गरेको