‘विपदबाट प्रभावित परिवारलाई राहत व्यवस्थापनमा कुनै कमी हुन दिँदैनौँ’ « Khabarhub

‘विपदबाट प्रभावित परिवारलाई राहत व्यवस्थापनमा कुनै कमी हुन दिँदैनौँ’


२२ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपदबाट प्रभावित घरपरिवारलाई राहत व्यवस्थापनमा कुनै कमी हुन नदिने जनाएको छ । 

बुधबार सिंहदरबारमा राहत व्यवस्थापनसम्बन्धी बैठकमा सरोकारवाला निकायसँग छलफल गर्दै प्राधिकरणले बढी प्रभावित इलाम र झापाका साथै अन्य जिल्लाहरूमा पनि प्रभावकारी ढंगले राहत व्यवस्थापन गरिने जनाएको हो ।

प्राधिकरणका कार्यकारी प्रमुख दिनेश प्रसाद भट्टले प्रशासन कार्यालयका साथै सबै निकायको समन्वयमा राहत व्यवस्थापनको कार्यलाई अघि बढाइने र कतै कमी तथा कतै दोहोरोपनको अवस्था आउन नदिने बताए ।

सबै भन्दा बढी क्षति भएको इलामबाट कर्मचारी अभावका कारण अझै पनि विस्तृत विवरण आउन नसकेकाले तत्कालै केही कर्मचारी गृह मन्त्रालयबाट पठाउने व्यवस्था गर्नुपर्ने उनले बताए ।

भट्टले धेरै जिल्लामा स्थानीय सरकारले प्रभावकारी ढंगले काम गरिरहेकाले कुनै समस्या भए केन्द्रबाट आवश्यक सहयोगको तयारीमा रहेको जानकारी दिए ।

प्राधिकरणले यसअघि नै प्रदेशलाई हस्तान्तरण गरिएका विपद् व्यवस्थापन सम्बन्धी गोदाम अहिले प्रयोगमा आएकाले उक्त गोदाममा कुनै कमी हुन नदिन आवश्यक समन्वय गरिने उनले उल्लेख गरे ।

प्राधिकरणका अनुसार असोज १७ देखि २० गतेसम्म भएको वर्षापछि आएको बाडी पहिरोका कारण हालसम्म ५३ जनाको मृत्यु भएको छ । जसमध्ये पहिरोका कारण ४०, बाढीका कारण ११ र चट्याङबाट २ जनाको मृत्यु भएको छ । त्यस्तै बाढीमा ५ जना बेपत्ता भएका छन् । 

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  ४ : ०९ बजे

‘नेपाली कांग्रेस फुट्या छैन, फुट्दा पनि फुट्दैन’

काठमाडौं- नेपाली कांग्रेसले असोज १६ देखि १९ गतेसम्म १५औँ नियमित

सय दिनमा नीतिगत र संस्थागत सुधारमा उल्लेखनीय प्रगति : मुख्यसचिव अर्याल

काठमाडौं– नेपाल सरकारका मुख्यसचिव सुमनराज अर्यालले वर्तमान सरकारले कार्यकालको पहिलो

अमेरिका भ्रमणमा जाने तयारीमा नेतन्याहु, ट्रम्पसँग भेट हुने

तेल अभिभ– इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले छिट्टै अमेरिका भ्रमण गर्ने

सरकारका १०० दिन : अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल

काठमाडौं– सरकारले मुलुकको अर्थतन्त्रको सुधारका लागि नीतिगत सुधार, कानुनी प्रबन्धलाई

बागमती प्रदेशसभा : दुई विधेयक बहुमतले पारित

मकवानपुर–  बागमती प्रदेशसभाको आजको बैठकले प्रदेश विनियोजन विधेयक २०८३ र