घुस डिल अडियो प्रकरण : पूर्वमन्त्री गुप्ता र श्रेष्ठसहित ७ जना विरुद्ध मुद्दा दायर « Khabarhub

घुस डिल अडियो प्रकरण : पूर्वमन्त्री गुप्ता र श्रेष्ठसहित ७ जना विरुद्ध मुद्दा दायर


२२ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता, पूर्व मन्त्री तथा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ सहित ७ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले कास्की जिल्लास्थित मालपोत कार्यालयका तत्कालीन प्रमुख रामचन्द्र अधिकारीलाई सरुवा थमौती गर्न र भूमि आयोगको सदस्य बनाउनका लागि घुस डिल गरेको आधारमा सो मुद्दा दायर गरेको हो ।

आयोगले पूर्वमन्त्री राजकुमार गुप्तालाई बिगो ७८ लाख र पूर्वमन्त्री तथा नागरिक उनमुक्ती पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठलाई ७८ लाख बिगो कायम गरेर मुद्दा दायर गरेको छ ।

त्यस्तै, मालपोत कार्यालय कास्की पोखराका तत्कालीन प्रमुख रामचन्द्र अधिकारीलाई ५३ लाख, घरजग्गा व्यवसायी तथा बिचौलिया सुजनकुमार तामाङलाई ७८ लाख, खमबहादुर पुनलाई २५ लाख, यामकुमारी गुरुङलाई ७८ लाख र तुल्सीराम बुढालाई ७८ लाख बिगो कायम गरेर अख्तियारले मुद्दा दायर गरेको छ ।

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  ४ : १४ बजे

प्रतिमा गौतम भन्छिन् : केन्द्रीय समिति बैठकमा जाँदैनौँ, वार्ता नमिले नेतृत्व छानेर निर्वाचन आयोग जान्छौँ

काठमाडौं- नेपाली कांग्रेसकी नेत्री प्रतिमा गौतमले वार्ता नमिलेसम्म पार्टी संस्थापनले

सहमतिका लागि गगन–विश्व समूहले राख्यो देउवाको राजीनामासहित यी तीन शर्त

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा

विशेष महाधिवेशन विवाद : कांग्रेस वार्ता समितिको छलफल देउवा निवासमा

काठमाडौं – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन,

‘जेनजी’को नाममा भएको हिंसालाई जायज ठहर्‍याउने प्रयास खतरनाक : प्रदीप ज्ञवाली

काठमाडौं– नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले नेपाली कांग्रेसको विशेष महाधिवेशनमा