जापानमा भालुको आक्रमणबाट एक जनाको मृत्यु, दुई जना घाइते « Khabarhub

जापानमा भालुको आक्रमणबाट एक जनाको मृत्यु, दुई जना घाइते


२२ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – जापानको सुपरमार्केटको गल्लीमा घुमिरहेको एक उत्तेजित भालुको आक्रमणका कारण दुई जना मानिसहरू घाइते भएको तथा छुट्टै आक्रमणमा अर्का एक व्यक्ति मृत फेला परेको अधिकारीहरूका साथै मिडिया रिपोर्टहरूले बुधबार जनाएका छन् ।  

पछिल्लो समयमा जापानका आवासीय क्षेत्रहरूमा पनि, घट्दो मानव जनसङ्ख्या र जलवायु परिवर्तन जस्ता कारकहरूका कारण अत्यधिक जङ्गली भालुहरू देखिएका छन् ।

सार्वजनिक प्रसारणकर्ता एन.एच.के.–ले प्रहरीलाई उद्धृत गर्दै अर्को छुट्टै भालु आक्रमण परी उत्तरी इवाटे क्षेत्रको पहाडमा बुधबार एकजना मानिस मृत फेला परेको जनाएको छ ।

सुपरमार्केट पाहाडी क्षेत्रहरूको नजिक भएता पनि यस अघि कहिल्यै भालुहरू यसरी मानिसहरू नजिक नआएको किराना पसल सङ्घका व्यवस्थापन योजना अधिकारी हिरोशी होरिकावालाई उदृत गर्दै एएफपीले जनाएको छ ।  

भालु पसलको मुख्य प्रवेशद्वारबाट भित्र प्रवेश गरी लगभग चार मिनेट भित्रै आक्रमण गरेको उनले जनाएका छन् ।  

पसलका सञ्चालकले स्थानीय मिडियालाई बताए अनुसार त्यस समयमा करिब ३० देखि ४० जना ग्राहकहरू भित्र भएका कारण बाहिर निस्कन गाह्रो भएकाले भालु धेरै आक्रोशित भएको थियो ।

वातावरण मन्त्रालयका अनुसार जापानमा अप्रिल र सेप्टेम्बरको बिचमा राष्ट्रव्यापी रुपमा १०८ जना मानिसहरू भालुको आक्रमणका कारण घाइते भएका थिए भने पाँच जनाको मृत्यु भएको थियो ।

मंगलबार पनि, इवाटे क्षेत्रका एक किसानलाई उनकै घर बाहिर एउटा बच्चासहित भालुले आक्रमण गरेको जनाइएको छ । मध्य जापानको सुन्दर शिराकावा–गो गाउँको बस स्टपमा आइतबार एक स्पेनी पर्यटकलाई भालुले आक्रमण गरेको थियो ।

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  ४ : ३९ बजे

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ