‘इयुले रुसको ‘हाइब्रिड युद्ध’ विरुद्ध दृढ जवाफ दिनुपर्छ’  « Khabarhub

‘इयुले रुसको ‘हाइब्रिड युद्ध’ विरुद्ध दृढ जवाफ दिनुपर्छ’ 


२२ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– युरोपेली सङ्घ (इयु) की अध्यक्ष उर्सुला भोन डेर लेयनले बुधबार युरोपले रुसको ‘हाइब्रिड वारफेयर’ अर्थात् मिश्रित युद्धको रणनीतिलाई रोक्नका लागि आफ्नो सुरक्षा प्रणाली बलियो बनाउनु आवश्यक रहेको बताएकी छन्।

‘यी घटना कुनै संयोग होइनन्, न त आकस्मिक उत्पीडनका उदाहरण हुन् । यो त व्यवस्थित र विस्तार हुँदै गएको अभियान हो’, उनले युरोपेली संसद्मा सम्बोधन गर्दै भनिन्, ‘दुईवटा घटना संयोग हुन सक्छन्, तर जब त्यस्ता पाँच वा १० घटनाहरू हुन्छन्, त्यो स्पष्ट रूपमा युरोपविरुद्धको नियोजित र लक्षित ‘ग्रे जोन’ अभियान हो । त्यसैले युरोपले अब निर्णायक जवाफ दिनैपर्छ ।’

हालै पोल्यान्ड, इस्टोनिया र रोमानियामा रुसका हवाई आक्रमणहरू भएको र डेनमार्क, जर्मनी तथा बेल्जियममा अज्ञात ड्रोनहरू देखिएको बताइएको छ । युक्रेनमा मस्कोको युद्ध र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनमा सहयोगको भविष्यबारे अनिश्चितताका कारण युरोपेली राष्ट्रहरूले शीतयुद्धपछिको उच्च स्तरमा रक्षा खर्च बढाएका छन् ।

इयु अहिले २७ सदस्य राष्ट्रबीच संयुक्त सुरक्षा परियोजनाहरूको योजना बनाइरहेको छ, जसमा ड्रोनविरोधी प्रतिरक्षा प्रणालीको ‘सुरक्षात्मक पर्खाल’ निर्माणको प्रस्ताव पनि समावेश गरिएको छ ।

‘हामीले प्रतिक्रिया दिन मात्र होइन, अग्रिम रोकथाम पनि गर्नुपर्छ । यदि हामी ढिलाइ गर्छौं भने ‘ग्रे जोन’ अर्थात् खतरा क्षेत्र झन् फैलिँदै जानेछ’, भोन डेर लेयनले चेतावनी दिइन् ।

उनका अनुसार इयुको संस्थापक उद्देश्य शान्ति कायम राख्नु हो र आजको सन्दर्भमा त्यसको अर्थ आक्रामकता र उक्साहट रोक्ने क्षमता राख्नु हो ।

यसै महिनाको अन्त्यमा ब्रसेल्समा हुने इयु शिखर सम्मेलनमा युरोपेली नेताहरूले सन् २०३० सम्मका लागि रुसबाट हुने सम्भावित खतराहरूका विरुद्ध तयारी गर्ने ‘सुरक्षा रोडम्याप’ मा सहमति गर्ने प्रयास गर्नेछन् ।

भोन डेर लेयनले भनिन्, ‘यो रोडम्यापले साझा उद्देश्यहरू मात्र होइन, ठोस माइलस्टोन र समयसीमा पनि निर्धारण गर्नेछ । किनभने हामी सबैलाई थाहा छ-मापन हुने कुरा नै वास्तविकता हो ।’

उनले ‘रुसको हाइब्रिड युद्ध’ लाई सामना गर्न युरोपेली मुलुकहरूले ‘पूर्ण रूपमा नयाँ सोच र दृष्टिकोण’ अपनाउनुपर्ने आवश्यकता रहेको पनि जोड दिइन् ।

‘हाम्रो विकल्प स्पष्ट छ’, उनले भनिन्, ‘हामी भाग्न सक्छौँ र रुसी खतराको विस्तार हेरेर बस्न सक्छौँ, वा हामी एकता, दृढता र संकल्पका साथ तिनको सामना गर्न सक्छौँ ।’

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  ४ : ५१ बजे

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म