पश्चिम बंगालका निकुञ्जमा बाढी, वन्यजन्तुहरू पलायन « Khabarhub

पश्चिम बंगालका निकुञ्जमा बाढी, वन्यजन्तुहरू पलायन


२२ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – भारतमा भारी वर्षापछि पश्चिम बंगालका दुई प्रसिद्ध वन्यजन्तु निकुञ्ज डुबानमा परेपछि बाघ, चितुवा र हात्तीको झुण्ड भागेको राज्य अधिकारीहरूले बुधबार जानकारी दिएका छन् ।

अक्टोबर ३ देखि राज्यभरि बाढी र भूस्खलनमा कम्तीमा ३६ जनाको मृत्यु भएको छ । भारी वर्षाले सयौँ घर ध्वस्त पारेको छ, चिया बगानहरू बगाएको छ र सडकहरू दुर्गम भएका छन् ।

बाढीले गोरुमारा र जलदापारा राष्ट्रिय निकुञ्जको ठूलो भाग डुबाएको छ । यो निकुञ्जले हिमाली फेदमा संरक्षित आरक्षहरूमा हात्ती, अर्ना, बाघ र लुप्तप्राय एक सिङ्गे गैँडालाई आश्रय दिएको छ ।

‘दुईवटा वन्यजन्तु निकुञ्ज बाढीको पानीमा डुबेका कारण जनावरहरू बाहिर निस्कन बाध्य भएका छन्’, पश्चिम बङ्गालका वनमन्त्री वीरबाह हंसडाले भने । उनका अनुसार ३० हात्तीको झुण्ड भागेको थियो । पानीबाट भागिरहेको देखिएको थियो ।

उनले एउटा चितुवा ‘धमिलो पानी’ मा देखिएको थियो, तर त्यसबेलादेखि देखिएको छैन । केही जनावरहरू भाग्न सकेनन् ।

‘नदीको किनारमा मरेका जनावरहरूको शव निस्कन थालेको छ’, उनले मरेका जनावरहरूमा दुई चितुवा, एउटा गैँडा र धेरै अर्ना र हरिण रहेको जानकारी दिँदै भने ।

केही उद्धारहरू सफल भए । ‘नदीको किनारमा फसेको एउटा वयस्क गैँडा र दुई हात्तीको छावालाई बाहिर निकाल्न दुई बन्दी हात्तीहरू प्रयोग गरिएको थियो’, उनले भने।

भारतको एक सिङ्गे एसियाली गैँडाको जनसङ्ख्या विगत चार दशकमा संरक्षण प्रयास र अवैध शिकार विरोधी कदमका कारण लगभग तीन गुणा बढेको छ । चार दशक पहिले एक हजार पाँच सय रहेको जनसङ्ख्या अहिले चार हजारभन्दा बढी छ ।

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  ५ : ०५ बजे

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म