कुवेतविरुद्ध नेपाललाई पहिलो झट्का « Khabarhub

कुवेतविरुद्ध नेपाललाई पहिलो झट्का


२२ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी टी–२० विश्वकप छनोट अन्तर्गत समूह चरणको आफ्नो पहिलो खेलमा नेपालले अहिले कुवेतसँग प्रतिस्पर्धा गरिरहेको छ ।

ओमानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपालले पहिलो विकेटका रुपमा ओपनर आसिफ शेखलाई गुमाएको छ । ७ बलमा मात्र २ रन बनाए आसिफ मोहम्मद आकिफ फारुकको बलमा आउट भएका हुन् ।

नेपालसहित ९ राष्ट्रले टी२० विश्वकप एसियाइस्ट एसिया प्यासिफिक छनोटमा प्रतिस्पर्धा गर्न लागेका हुन्। नेपालले दोस्रो खेल शुक्रबार जापानसँग खेल्ने छ। नेपालले कुवेतसँगको भेटमा मिश्रित नतिजा निकालेको छ भने जापानसँग पहिलो पटक खेल्दैछ।

यो छनोट प्रतिस्पर्धाको समूह ‘ए’ मा युएई, मलेसिया र कतार छन् भने समूह ‘सी’ मा ओमान, पपुवा न्युगिनी र सामोआ छन्। समुह बीमा समूहमा नेपाल, कुवेतसँगै जापान रहेका छन्।

युएईमा वेस्ट इन्डिजसँगको सिरिज उचाल्दै ओमानमा भएका दुई अभ्यास खेल जितेको नेपाली टिम उच्च मनोबलका साथ प्रतियोगितामा सहभागी हुँदैछ।

नेपालको प्लेइङ्ग ११ मा
कप्तान रोहित पौडेल, विकेट किपर आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, सोमपाल कामी, नन्दन यादव, गुल्सन झा र सन्दीप लामिछाने ।

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  ९ : ०२ बजे

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री वोङबीच भेटवार्ता

न्यूयोर्क – परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वोङबीच

पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द

चितवन : पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्ड अर्को सूचना जारी

विपद्पछिको पुनर्निर्माणमा अस्ट्रेलिया नेपालको साथमा छ : अस्ट्रेलियाली प्रधानमन्त्री

न्यूयोर्क – अस्ट्रेलियाका प्रधानमन्त्रीले विनाशकारी बाढी र पहिरोबाट सिर्जित संकटसँग

पहिरोले बिपी राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक – अविरल वर्षाका कारण पहिरो जाँदा बिपी राजमार्ग अवरुद्ध

शुक्रबार बिहानैदेखि देशका अधिकांश भागमा वर्षा, धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षा

काठमाडौँ – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले