बाढीपहिरोको क्षतिबाट ३ अर्ब ७८ बराबरको बीमा दावी « Khabarhub

बाढीपहिरोको क्षतिबाट ३ अर्ब ७८ बराबरको बीमा दावी


२२ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं– गत असोजमा गएको बाढी पहिरोका कारण पुगेको क्षतिका कारण बीमा कम्पनीहरुमा तीन अर्ब ७८ करोड ४० लाख ९० हजार बराबरको दावी परेको छ ।

गत असोज १७ गतेदेखि १९ गतेसम्म परेको अविरल वर्षाका कारण जनधनको क्षति भएको थियो । प्राधिकरणका अनुसार ४३४ वटा बीमा दावीको आवेदन परेको छ ।

प्राधिकरणका अनुसार सम्पत्ति बीमा ३८२, इञ्जिनियरिङ तथा ठेकेदार जोखिम ९२, कृषि तथा बाली बीमा २०९, मोटर बीमा निजीतर्फ ३७, मोटर बीमा सार्वजनिक १०, अन्य बीमा एक र सामुन्द्रिक बीमाका तीन वटा आवेदन परेको छ ।

कूल ३७ जिल्लामा भएको क्षतिको क्षतिपूर्तिका लागि बीमा दावीको आवेदन परेको छ । सबैभन्दा बढी १९७ वटा बीमा दावीको आवेदन सुनसरीमा परेको छ । यस्तै, इलाममा ६०, काठमाडौं ८०, मोरङ ९०, झापा २०, पर्सा ७१, रौतटहमा २८ वटा बीमा दावीको आवेदन परेको छ ।

प्राधिकरणका अनुसार गत भदौ २३ र २४ गतेको आन्दोलनका कारण भएको क्षतिको २३ अर्ब २३ करोड बराबरको बीमा दावीको आवेदन परेको छ ।

यस्तै, गत असारको बाढी पहिरोका कारण भएको क्षतिको कारण ९८ करोड ५९ लाख बराबरको बीमा दावीको आवेदन परेको थियो ।

प्राकृतिक जोखिमबाट हुने क्षतिमा भएको बृद्धिसँगै बीमा कम्पनीमा बीमा दावीको आवेदन पनि उल्लेख्य रूपमा बढेको छ । हाल नेपालमा १४ वटा निर्जीवन बीमा कम्पनी, चार वटा निर्जीवन लघुबीमा कम्पनीमा बीमा दावीको आवेदन परेको हो । (रासस)

प्रकाशित मिति : २२ कार्तिक २०८२, शनिबार  ११ : ३७ बजे

श्रमसंस्कृतिबाट उपसभामुखमा रूवि ठाकुर, रास्वपाले सघाउने

काठमाडौं- हर्क साम्पाङ नेतृत्वको श्रमसंस्कृति पार्टीले समानुपातिक सांसद रुवि ठाकुरलाई

राप्रपाबाट उपसभामुखमा सरस्वतीको उम्मेदवारी

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलले सरस्वती लामालाई प्रतिनिधि

पार्टीभित्रको विवाद समाधानमा मध्यमार्गी भूमिका खेल्न शेखर कोइराला तयार

काठमाडौं – नेपाली कांग्रेसका नेता शेखर कोइराला विशेष महाधिवेशनबाट चयन

दक्षिण कोरिया र अमेरिकाद्वारा संयुक्त हवाई अभ्यासको घोषणा

सियोल– दक्षिण कोरियाले संयुक्त अपरेसनमा परिचालन दक्षता सुधार गर्ने प्रयासको

दैनिक ४० हजार लाइसेन्स छपाइ

काठमाडौं– सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तीव्र गतिमा जारी रहेको