के थियो आलममाथिको इँटाभट्टा प्रकरण ? | Khabarhub Khabarhub

के थियो आलममाथिको इँटाभट्टा प्रकरण ?


२२ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको गएराति निधन भएको छ । एकसाता अघि मुटुमा समस्या देखिएपछि काठमाडौंको मेडिकल कलेज (केएमसी)मा भर्ना भएका आलमकाे उपचारका क्रममा ६३ वर्षको उमेरमा निधन भएको हो ।

यसअघि गत जेठ १४ गते उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जले जन्मकैद मुद्दामा सफाइ दिएसँगै नक्खु कारागारबाट छुटेलगत्तै पनि उनलाई ब्रेन स्ट्रोक भएको थियो । त्यतिबेला माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उनको उपचार भएको थियो । 

इँटाभट्टामा जिउँदै मान्छे जलाएर ज्यान लिएको मुद्धामा जिल्ला अदालत रौतहटबाट जन्मकैद पाएका आलम उच्च अदालतको आदेशमा रिहा भएका थिए ।

२०६४ साल चैत २८ गतेको पहिलो संविधानसभा निर्वाचनको अघिल्लो साँझ (चैत २७ गते) रौतहटको राजापुरस्थित फरहदवास्थित उनका काका शेख इद्रिसको गोठमा बम बनाउने क्रममा विष्फोट भएको थियो ।

विस्फोटमा परी पिन्टु भनिने २४ वर्षीय त्रिलोकप्रताप सिंह र २२ वर्षीय ओसी अख्तर घाइते भएका थिए । घटना लुकाउन उनीहरुलाई राजपुरस्थि आफ्नै इँटाभट्टा जलाएको भन्दै परिवारले २०६५ वैशाख ९ गने आलम, उनका भाइ महताबसहित मोबिन आलम, शेख भदई र शेख सवेजविरुद्ध किटानी जाहेरी दिएका थिए ।

जाहेरी दर्ता भएपछि २०६५ साल असारमा आलमलाई पक्राउ गर्न अदालतले अनुमति दिएको थियो। तर सरकारी वकिलको कार्यालयले मुद्दा नचल्ने निर्णय गरिदियो।

यस निर्णय विरुद्ध मृतकका परिवार महान्यायाधिवक्ताको कार्यालयलाई गुहार्न पुगेका थिए। तर महान्यायाधिवक्ताको कार्यालयले जिल्लाकै निर्णय सदर गरिदिएको थियो। त्यसपछि भने उनीहरू सर्वोच्च अदालत पुगेका थिए।

२०६९ साल जेठमा सर्वोच्च अदालतले महान्यायाधिवक्ताको कार्यालयको निर्णय खारेज गरेर मुद्दाको गम्भीरतापूर्वक थप अनुसन्धान गरी प्रचलित कानूनबमोजिम कारबाही गर्ने बाटो खोलिदियो ।

पीडित पक्षले फेरि २०७३ सालमा जिल्ला प्रहरी कार्यालय रौतहटविरुद्ध अदालतको आदेश नमानेको भन्दै मानहानि मुद्दा दर्ता गराए  । त्यसको तीन वर्षपछि २०७६ असोजमा भने प्रहरीले आलमलाई राजापुर क्षेत्रबाट पक्राउ गरेको थियो ।

अनुसन्धानपछि २०७६ कात्तिक १८ गते ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धी कसूरमा अदालतमा मुद्दा दायर भएको थियो ।

त्यसपछि ०८१ वैशाखमा रौतहट जिल्ला अदालतले पूर्वमन्त्री अफताव आलमसहित चार जनालाई जन्मकैदको सजाय सुनायो ।

अदालतले कांग्रेस नेता आलम र भाइ महताव आलमसहित सेख सराज र बद्री सहनीलाई जन्मकैदको फैसला सुनाएको थियो ।

जिल्ला अदालतको फैसलाविरुद्ध कांग्रेस नेता आलमले उच्च अदालत वीरगञ्ज इजलासमा पुनरावेदन दिएका थिए ।

त्यसमाथि निर्णय सुनाउँदै उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जका न्यायाधीश खुसीप्रसाद थारू र अर्जुन महर्जनको इजलासले गत जेठ १४ गते आलमलाई सफाइ दिइएको थियो ।

प्रकाशित मिति : २२ कार्तिक २०८२, शनिबार  ७ : ४१ बजे

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

काठमाडौं– मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले आज प्रदेशसभामा विश्वासको मत

बबई नदीमा पुल निर्माण अलपत्र हुँदा स्थानीयलाई डुङ्गाको भर (तस्बिरहरू) 

बर्दिया– बर्दियाको सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने बबई नदीको

वर्षाका कारण खोटाङमा ७० प्रतिशत धानबालीमा क्षति

खोटाङ– यही कात्तिक १५ गतेदेखि चार दिनसम्म परेको अविरल वर्षाका

लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु

लमजुङ– लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

इतिहास हराएको एउटा अग्राख योद्धा 

मेरा प्रिय दाइमध्येका एक हुन्– नन्दु उप्रेती, जसलाई कुनै समय