लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु | Khabarhub Khabarhub

लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु


२२ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

लमजुङ– लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बा८च ३७३१ नम्बरको बोलेरो जिप गए राति मर्स्याङ्दी गाउँपालिका– ३ खुदिबाट सोही पालिकाको वडा नम्बर ६ नाइचेमा दुर्घटना हुँदा जिप चालक दोलखा मेलुङ– ४ का ३० वर्षीय विनोद खड्का र २५ वर्षीय पारस खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सूचना अधिकारी ज्ञानेन्द्रबहादुर क्षेत्रीले जानकारी दिए ।

हिडिखोला हाइड्रोपावरको लागि सिमेन्ट लिएर जाँदै गरेको जिप अनियन्त्रित भएर सडकबाट ८०० मिटर तल खस्दा गम्भीर घाइते भएका उनीहरूको प्रहरीले उद्धार गरेर अस्पताल लगेको थियो ।

घाइतेलाई बेँसीसहर नगरपालिका–८ स्थित प्रदेश अस्पताल बेँसीसहर लमजुङमा उपचारको लागि लगिए पनि उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही जिपमा सवार ताप्लेजुङ सिदीङ्वा गाउँपालिका– ४ का  २० वर्षीय उमेश लिम्बू भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०८२, शनिबार  ८ : ४७ बजे

तनहुँमा दैनिक ४० वटा राहदानी वितरण

तनहुँ– जिल्ला प्रशासन कार्यालय तनहुँले शुक्रबारदेखि दैनिक ४० वटा राहदानीको

देउसीको दक्षिणाबाट शान्ति टोलमा सीसी क्यामरा जडान

झापा– झापाको शान्ति टोल विकास संस्थाले  देउसीभैलीमा सङ्कलन भएको एक

बाढीपहिरोको क्षतिबाट ३ अर्ब ७८ बराबरको बीमा दावी

 काठमाडौं– गत असोजमा गएको बाढी पहिरोका कारण पुगेको क्षतिका कारण

दुग्ध उत्पादनमा आकर्षित गर्न ‘नश्ल सुधार कार्यक्रम’

बागलुङ– बागलुङको जैमिनी नगरपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित गर्नका लागि

म्याग्दीको कोसेली टिमुरका परिकार

म्याग्दी– मुस्ताङ र म्याग्दी घुम्न आएका झापाको अर्जुनधाराका राकेश स्याङताङले