पूर्व महान्यायाधिवक्ता संग्रौला भन्छन् : नेताहरूलाई ननङ्ग्याएसम्म नेपालमा भ्रष्टाचार घट्दैन « Khabarhub

पूर्व महान्यायाधिवक्ता संग्रौला भन्छन् : नेताहरूलाई ननङ्ग्याएसम्म नेपालमा भ्रष्टाचार घट्दैन


२२ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्व महान्यायाधिवक्ता तथा अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक डा. युवराज संग्रौलाले देशको वर्तमान राजनीतिक र आर्थिक अवस्थाबारे  गम्भीर टिप्पणी गरेका छन्।

अन्तर्राष्ट्रिय सम्बन्ध सरोकार समुदाय नेपालले शनिबार कीर्तिपुरमा आयोजना गरेको ‘जेन–जी आन्दोलनपछिको नेपालको राजनीतिक पद्धति र परराष्ट्र नीति’ विषयक गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन्। 

डा. संग्रौलाले ‘जेन–जी आन्दोलन’ लाई किशोर–युवाहरूको राजनीतिक प्रवेशद्वार भनेका छन् । जेन(जी आन्दोलनले उठाएका मुद्दा महत्त्वपूर्ण रहेको उनले बताए। उनले भने, ‘जेन–जी आन्दोलन भनेको केवल सिंहदरबार जलाउने घटना होइन, यो नयाँ पुस्ताको राजनीतिक चेतना हो।’

भदौ २३ र २४ गतेका घटनालाई फरक दृष्टिले बुझ्न जरुरी रहेको उनले बताएका छन् । उनले राजनीतिक परिवर्तनलाई स्वीकार नगरे देश निषेधात्मक स्थिरता, अर्थात् ‘मुर्दा शान्ति’तिर जान सक्ने चेतावनी पनि दिए।

डा. संग्रौलाले नेपालमा दलतन्त्र चलेको तर लोकतन्त्र हराएको आरोप लगाउँदै राजनीतिक दलहरूले नीति र सिद्धान्त बिर्सिएको बताए।

 ‘कांग्रेससँग समाजवाद छैन, कम्युनिस्टहरू वैज्ञानिक साम्यवाद लिएर हिँडेका छैनन्,’ उनले भने।

उनले हालको अर्थतन्त्रमा नीतिगत भ्रष्टाचार मौलाएको आरोप लगाउँदै टाइकुनहरूलाई राज्यकै नीतिले संरक्षण गरिरहेको बताए। ‘नीतिगत भ्रष्टाचारले पैसाबाट पैसा कमायो, तर देशले आर्थिक विकास गर्न सकेन,’ उनले टिप्पणी गरे।

डा. संग्रौलाले सार्वजनिक सम्पत्ति बेच्ने, युवालाई रोजगारी नभई कोटाको राजनीति गर्न लगाउने र विदेशी ऋण बढ्दै जाने अवस्थाप्रति चिन्ता व्यक्त गरे। उनले भने, ‘हामी विचारबाट शासित हुने कि नाफाखोरबाट, अब यही निर्णायक प्रश्न हो।’

भ्रष्टाचार नियन्त्रणका लागि कठोर कदम आवश्यक रहेको बताउँदै उनले भने, ‘भ्रष्टाचार गर्नेलाई फलामको डन्डीले हान्नु पर्नेमा सिंहदरबारमा आगो लगाइयो। नेताहरूलाई नङ्ग्याएसम्म नेपालमा भ्रष्टाचार घट्दैन।’

प्रकाशित मिति : २२ कार्तिक २०८२, शनिबार  १ : ५१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै