गुठीचौरद्वारा एक वर्षमा ३३ लाख राजस्व संकलन « Khabarhub

गुठीचौरद्वारा एक वर्षमा ३३ लाख राजस्व संकलन


२२ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्लाको गुठिचौर गाउँपालिकाले गत आर्थिक वर्षमा रु ३३ लाख राजस्व संकलन गरेको छ । 

गाउँपालिकाले गत आर्थिक वर्षमा वडागत रूपमा वडा–१ बाट रु ८२ हजार, वडा – २ बाट रु एक लाख, वडा नं ३ बाट रु एक लाख ५३ हजार, वडा नं ४ बाट रु दुई लाख ६८ हजार र वडा नं ५ बाट दुई लाख ५८ हजार ५३१ राजस्व संकलन गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मायाँलक्ष्मी बुढाले जानकारी दिए । 

त्यसैगरी गाउँपालिकाले मालपोत कार्यालयमार्फत रजिष्ट्रेशन शुल्कबाट रु तीन लाख १३ हजार राजस्व आर्जन गरेको छ । गुठीचौर पर्यटन प्रवर्द्धनका लागि आयोजित प्याराग्लाइडिङ महोत्सवबाट रु आठ लाख ४४ हजार राजस्व संकलन भएको छ ।

यसबाहेक, डोजर सञ्चालनबाट रु पाँच लाख ५९ हजार, एम्बुलेन्स सेवाबाट ८१ हजार र पशु शाखाबाट सात लाख ८४ हजार राजस्व उठेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बुढाको भनाइ छ । 

चालु आर्थिक वर्षको कात्तिक महिनाको दोस्रो सातामा मात्रै गाउँपालिकाले रु नौ लाख ९७ हजार राजस्व संकलन भएको गुठीचौर गाउँपालिकाले जनाएको छ । 

प्रकाशित मिति : २२ कार्तिक २०८२, शनिबार  ३ : ०६ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै