कांग्रेस बैठक : पूर्वमन्त्री आलमको निधनप्रति दुःख व्यक्त « Khabarhub

कांग्रेस बैठक : पूर्वमन्त्री आलमको निधनप्रति दुःख व्यक्त


२२ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पूर्वमन्त्री मोहम्मद आफ्ताव आलमको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । 

शनिबार पार्टी कार्यालय सानेपामा बसेको बैठकले आलमको निधनप्रति शोक प्रस्ताव पारित गरेको हो ।

स्वर्गीय आलमप्रति सम्मान प्रकट गर्दै कात्तिक २३ गते बस्ने भनिएको केन्द्रीय कार्यसमितिको बैठक २०८२ कार्तिक २५ गते बस्ने गरि स्थगित गरिएको छ ।

कार्तिक २२, २३ र २४ गते (तीन दिनसम्म) पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने, कार्तिक २३ गते केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालय बन्द गर्ने, स्वर्गारोहणको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने निर्णय भएको महामन्त्री गगन कुमार थापाले जानकारी दिए ।
 
कांग्रेसका पूर्व केन्द्रीय सदस्य, पूर्व मन्त्री एवं रौतहट जिल्लाका पूर्व सभापति  ६३ वर्षीय मोहम्मद अफताव आलमको काठमाडौँको सिनामंगल स्थित काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा भएको निधन भएको थियो । आलमले वि.सं. २०३६ सालदेखि नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा प्रारम्भ गरेका थिए । 

राजनीतिक जीवनमा उनले पटक–पटक मन्त्री पदको जिम्मेवारी सम्हालेका थिए । 

प्रकाशित मिति : २२ कार्तिक २०८२, शनिबार  ३ : १७ बजे

श्रमसंस्कृतिबाट उपसभामुखमा रूवि ठाकुर, रास्वपाले सघाउने

काठमाडौं- हर्क साम्पाङ नेतृत्वको श्रमसंस्कृति पार्टीले समानुपातिक सांसद रुवि ठाकुरलाई

राप्रपाबाट उपसभामुखमा सरस्वतीको उम्मेदवारी

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलले सरस्वती लामालाई प्रतिनिधि

पार्टीभित्रको विवाद समाधानमा मध्यमार्गी भूमिका खेल्न शेखर कोइराला तयार

काठमाडौं – नेपाली कांग्रेसका नेता शेखर कोइराला विशेष महाधिवेशनबाट चयन

दक्षिण कोरिया र अमेरिकाद्वारा संयुक्त हवाई अभ्यासको घोषणा

सियोल– दक्षिण कोरियाले संयुक्त अपरेसनमा परिचालन दक्षता सुधार गर्ने प्रयासको

दैनिक ४० हजार लाइसेन्स छपाइ

काठमाडौं– सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तीव्र गतिमा जारी रहेको