दुप्चेश्वर मन्दिरमा लागेको जात्रामा १३ लाख भेटी सङ्कलन « Khabarhub

दुप्चेश्वर मन्दिरमा लागेको जात्रामा १३ लाख भेटी सङ्कलन


२२ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

त्रिशूली– धान्यपूर्णिमा पर्वको अवसरमा नुवाकोटको दुप्चेश्वर महादेव मन्दिरमा लागेको जात्रामा करिब १३ लाख  ?रुपैयाँ भेटी सङ्कलन भएको छ ।

यही मङ्सिर १३ देखि १७ गतेसम्म लागेको जात्राको क्रममा दर्शनार्थीले मन्दिरमा चढाएको भेटी १२ लाख ८८ हजार १८० रुपैयाँ सङ्कलन भएको दुप्चेश्वर क्षेत्र विकास कोषका कोषाध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार मन्दिरबाट सङ्कलन गरिएको नगद १२ लाख ५४ हजार ८० रुपैयाँ र कोषको बैंक खातामा क्युआरमार्फत ३४ हजार १०० रुपैयाँ भेटी सङ्कलन भएको हो ।

जात्राको भेटी सङ्कलन गरेर प्रहरी चौही समुन्द्रटारमा ल्याएर गणना गरिएको थियो । जनप्रनिधि, कोषका पदाधिकारी, सुरक्षाकर्मी, विद्यार्थीमार्फत गणना गरिएको हो । 

‘जे माग्यो त्यो सिद्ध हुने’ जनविश्वास रहेको दुप्चेश्वर महादेव मन्दिरमा धान्यपूर्णिमा पर्वको अवसरमा करिब एक लाख तीर्थालुले दर्शन गरेको कोषका संरक्षक एवं दुप्चेश्वर गाउँपालिका अध्यक्ष शङ्करबहादुर थापाले जानकारी दिए । 

दुप्चेश्वर महादेव मन्दिरमा शनिबार र सोमबारका दिन पाँच हजार हारहारीमा तीर्थयात्री आउने र करिब एक लाख  रुपैयाँ भेटी सङ्कलन हुँदै आएको छ । हिन्दू र बौद्धमार्गीका लागि यहाँको मन्दिर प्रसिद्ध रहेको छ । रासस 

प्रकाशित मिति : २२ मंसिर २०८२, सोमबार  १२ : १२ बजे

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

इलाम– वडाध्यक्ष सनम राई गाँउका उदाहरणीय कृषक बनेका छन् ।

आशिकाको आक्रोश : विदेशमा मृत्यु भएका नेपालीको शव ल्याउन सरकारले चासो देखाएन

काठमाडौं– रास्वपा सांसद आशिका तामाङले विदेशमा मृत्यु भएका नेपालीहरूको शव

भारतीय सेना प्रमुखलाई नेपालको मानार्थ महारथीको दर्जा

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय सेना प्रमुख धिरज सेठलाई नेपाली

सर्वोच्चमा बहस : सामाजिक सञ्जालमा सार्वजनिक भएको कुरा समाचार बनाउनु अपराध होइन

काठमाडौं– वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई समाचार लेखेकै विषयमा पक्राउ गरिएको

बागमतीका मुख्यमन्त्री इन्द्र बानियाँले दिए राजीनामा

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका छन्