दुप्चेश्वर मन्दिरमा लागेको जात्रामा १३ लाख भेटी सङ्कलन « Khabarhub

दुप्चेश्वर मन्दिरमा लागेको जात्रामा १३ लाख भेटी सङ्कलन


२२ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

त्रिशूली– धान्यपूर्णिमा पर्वको अवसरमा नुवाकोटको दुप्चेश्वर महादेव मन्दिरमा लागेको जात्रामा करिब १३ लाख  ?रुपैयाँ भेटी सङ्कलन भएको छ ।

यही मङ्सिर १३ देखि १७ गतेसम्म लागेको जात्राको क्रममा दर्शनार्थीले मन्दिरमा चढाएको भेटी १२ लाख ८८ हजार १८० रुपैयाँ सङ्कलन भएको दुप्चेश्वर क्षेत्र विकास कोषका कोषाध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार मन्दिरबाट सङ्कलन गरिएको नगद १२ लाख ५४ हजार ८० रुपैयाँ र कोषको बैंक खातामा क्युआरमार्फत ३४ हजार १०० रुपैयाँ भेटी सङ्कलन भएको हो ।

जात्राको भेटी सङ्कलन गरेर प्रहरी चौही समुन्द्रटारमा ल्याएर गणना गरिएको थियो । जनप्रनिधि, कोषका पदाधिकारी, सुरक्षाकर्मी, विद्यार्थीमार्फत गणना गरिएको हो । 

‘जे माग्यो त्यो सिद्ध हुने’ जनविश्वास रहेको दुप्चेश्वर महादेव मन्दिरमा धान्यपूर्णिमा पर्वको अवसरमा करिब एक लाख तीर्थालुले दर्शन गरेको कोषका संरक्षक एवं दुप्चेश्वर गाउँपालिका अध्यक्ष शङ्करबहादुर थापाले जानकारी दिए । 

दुप्चेश्वर महादेव मन्दिरमा शनिबार र सोमबारका दिन पाँच हजार हारहारीमा तीर्थयात्री आउने र करिब एक लाख  रुपैयाँ भेटी सङ्कलन हुँदै आएको छ । हिन्दू र बौद्धमार्गीका लागि यहाँको मन्दिर प्रसिद्ध रहेको छ । रासस 

प्रकाशित मिति : २२ मंसिर २०८२, सोमबार  १२ : १२ बजे

दोधारा चाँदनीमा बाघको डमरु मृत फेला

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र दोधारा चाँदनीमा बाघको

अब राहदानी छपाइसँगै वितरण साविकअनुसार

काठमाडौं – राहदानी विभागले राहदानी पुस्तिकाको आपूर्ति र छपाइसँगै राहदानीको

वीरेन्द्रनगरमा कोठाभित्र निस्सासिएर एक जनाको मृत्यु, दुई बेहोस

कर्णाली – सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ बिरुवाबारीमा कोठामा निस्सासिएर एक जनाको

उत्साहपूर्वक मनाइयो इस्वी सम्वतकाे नयाँ वर्ष २०२६ को पहिलो दिन

काठमाडौं – विश्वभर धुमधामसाथ मनाइने इस्वी सन्को नयाँ वर्ष २०२६

सन् २०२५ मा तीन लाख विदेशी पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण

गण्डकी – सन् २०२५ मा अन्नपूर्ण क्षेत्रमा झण्डै तीन लाख