भालुको आक्रमणबाट दुई जना घाइते « Khabarhub

भालुको आक्रमणबाट दुई जना घाइते


२२ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

रसुवा– जङ्गली भालुको आक्रमणबाट दक्षिणी रसुवाको खाल्चेत क्षेत्रमा आज दुई जना गम्भीर घाइते भएका छन् । 

भालुको आक्रमणबाट घाइते हुनेमा नौ कुण्ड गाउँपालिका–५ खाल्चेतका ६५ वर्षीय मानबहादुर तामाङ र कालिका गाउँपालिका–५ डिगाउँका ५० वर्षीय शिवप्रसाद गजुरेल रहेका छन्। उनीहरूलाई आज बिहान भालुले आक्रमण गरेको स्थानीय रामप्रसाद पौडेलले जानकारी दिए ।

निजी जमिनमा घाँस काटी रहेको अवस्थामा लाङ्टाङ राष्ट्रिय निकुञ्जको जंगलबाट निस्केको भालुले आक्रमण गरेको स्थानीयवासिन्दाले बताएका छन् ।  

भालुले आक्रमण गरेपछि स्थानीयस्तरमा प्राथमिक उपचार पश्चात् थप उपचारका लागि काठमाडौँ पठाइएको प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए ।
 

प्रकाशित मिति : २२ मंसिर २०८२, सोमबार  १ : २२ बजे

अमेरिकाको भ्रम टुटेपछि मन्जिलको संकल्प : गाउँमा शैक्षिक क्रान्ति, राजनीतिको कोर्स करेक्सन

काठमाडौं – बाबु प्राध्यापक गोवर्द्धन राना कांग्रेसका नेता थिए ।

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दैछ । बैठक

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मी– पछिल्लो समय गुल्मीमा काठका भाँडा बनाउँदै आएका चुँदारा समुदायको

भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध

बागलुङ– गए रातिदेखि भएकाे वर्षासँगैको हिमपातले मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

सिन्धुली– दुधौली नगरपालिका–१० खत्रीचोकको भित्री सडकमा आज बिहान भएको मोटरसाइकल