मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र « Khabarhub

मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र


२२ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– संयुक्त राष्ट्र सङ्घले सन् २०२६ का लागि मानवतावादी सहयोग जुटाउन वैश्विक आह्वान गर्दै विश्व समुदाय पीडित मानिसप्रति पर्याप्त संवेदनशील नदेखिएको भन्दै गहिरो चिन्ता व्यक्त गरेको छ ।

सहयोग कार्यक्रमहरूका लागि आवश्यक रकम निकै कमी हुँदा यस वर्षको माग  सीमित दायरामा प्रस्तुत गरिएको संयुक्त राष्ट्रले जनाएको छ ।

संयुक्त राष्ट्रका मानवतावादी प्रमुख टम फ्लेचरले २०२५ भरि विभिन्न देशहरूमा देखिएका हिंसा, यौन अत्याचार, मानवअधिकार उल्लङ्घन र कानूनको अवज्ञाले आफूलाई गम्भीर रूपमा दुखित बनाएको बताए। 

उनका अनुसार, ‘यो त्यस्तै समय हो जब नियमहरू कमजोर भइरहेका छन् र विश्वको ध्यान मानव पीडाबाट बिस्थापित हुँदै गएको छ ।’

संयुक्त राष्ट्रले गाजा, युक्रेन, सुडान र म्यानमा जस्ता सङ्कटग्रस्त क्षेत्रमा आठ करोड ७० लाख मानिसलाई सहयोग गर्न कम्तीमा २३ अर्ब अमेरिकी डलर उठाउने लक्ष्य राखेको छ । सन् २०२६ मा १३ करोड ५० लाख मानिसलाई सहयोग पुर्‍याउन ३३ अर्ब डलर आवश्यक पर्ने अनुमान छ, तर यो लक्ष्य हासिल गर्न चुनौतीपूर्ण छ ।

संयुक्त राष्ट्रको अनुमान अनुसार, युद्ध, महामारी, प्राकृतिक प्रकोप वा जलवायु परिवर्तनबाट प्रभावित करिब २४ लाख मानिसलाई आपतकालीन सहायता आवश्यक छ ।

गाजा र पश्चिमी किनारा प्राथमिकतामा छन् । संयुक्त राष्ट्रले यहाँ ३० लाख मानिसलाई सहयोग गर्न चार अर्ब १० करोड डलर माग गरेको छ । सुडानमा हिंसाबाट विस्थापित २० लाख मानिसलाई सहयोग गर्न दुई अर्ब ९ करोड डलर उठाउने योजना छ ।

फ्लेचरले सुडानको टाविला घटनाको उदाहरण दिँदै भने ,’एक आमा आफ्ना पति र बच्चा हत्या भएको देखेपछि बच्चासहित भागिन् । उहाँले धेरै पीडा सहिन्, तर साहस अझै बाँकी थियो ।’

संयुक्त राष्ट्रले सदस्य राष्ट्रहरूलाई ८७ दिनभित्र सहयोग जुटाउन आग्रह गर्नेछ । यदि माग पूरा भएन भने, नागरिक समाज, निजी क्षेत्र र साधारण मानिससम्म अभियान फैलाइनेछ ।

फ्लेचरले भने, ‘हामी विश्वले रक्षा खर्चमा खर्च गरेको रकमको केवल एक प्रतिशत भन्दा अलिकति मात्र मानवतावादी सहयोग माग गर्दैछौँ । रक्षा खर्च कम गरेर मानवतावादी सहायता बढाउनुपर्छ ।’
 

प्रकाशित मिति : २२ मंसिर २०८२, सोमबार  २ : ०२ बजे

यू–१९ एसिया कप र विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ : आसन्न एसिया कप र आउँदो वर्ष आयोजना हुने आइसिसी

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न

युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन

काठमाडौँ । युक्रेनमा उत्तर एटलान्टिक सन्धिसङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक

काठमाडौंका विद्यालयदेखि हिमाली गुम्बासम्म इनलाइटको सहयोग

काठमाडौं– नेपालका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र, बौद्ध गुम्बा तथा हिमाली

लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ