सुरेन्द्र पाण्डे भन्छन् – केही व्यक्तिका कारण एमाले जनताबाट टाढियो, नयाँ पुस्ताले चासो दिनै छाडे  « Khabarhub

सुरेन्द्र पाण्डे भन्छन् – केही व्यक्तिका कारण एमाले जनताबाट टाढियो, नयाँ पुस्ताले चासो दिनै छाडे 


२२ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टीलाई केही व्यक्तिको निर्णयमा चलाउने प्रवृत्ति बढ्दा जनताबाट टाढिँदै गइरहेको टिप्पणी गरेका छन् । 

काठमाडौंमा एघारौं महाधिवेशनबारे आयोजित अन्तर संवादमा उनले एमाले साँघुरिँदै, खुम्चिँदै र आइसोलेसनतिर धकेलिँदै गएको अवस्था देखिएको बताए। 

लोकतान्त्रिक इतिहास बोकेको पार्टीमा व्यक्तिवाद हावी हुँदै जाँदा नयाँ पुस्ता पनि आकर्षित हुन छाडेको उनले बताएका छन्। चुनाव नहुने, प्रतिस्पर्धा गर्न नपाइने र शीर्षबाट लिस्ट झर्ने संरचनामा नयाँ पुस्ता आउने सम्भावना नै नदेखिने उनको भनाइ छ।

पाण्डेले यो संरचना बदल्न कानुनी र संवैधानिक दुवै स्तरमा काम आवश्यक भएको बताए। पार्टीमा एउटै व्यक्ति दुई कार्यकालभन्दा बढी अध्यक्ष बन्न नपाउने व्यवस्था कानुनमै राख्नुपर्ने माग उनको थियो।

समस्या पुराना पार्टीमै होइन, नयाँ बनेका दलमा पनि उस्तै रूपमा बढ्दै गएको उनले बताएका छन् । नयाँ पार्टीका नेतृत्वले पनि अध्यक्ष पद छाड्न नचाहने प्रवृत्ति देखिएको भन्दै उनले चिन्ता व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २२ मंसिर २०८२, सोमबार  २ : ३० बजे

मतदाताका घरआँगनमा आशिका

धादिङ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले

कहीँ नभएको जात्रा हाँडीगाउँमा ! चोक्टेनारायण जात्रा सुरु (तस्बिरहरू)

काठमाडौं– दसैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरु

जनकपुरले जित्यो टस, पहिले फिल्डिङ गर्ने

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओलीले भने- नेपालीहरूमा आफ्ना देशका विद्वानलाई नचिन्ने प्रवृत्ति छ

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूमा आफ्ना देशका

संसदीय विशेष समितिले माग्यो बाढी प्रभावित क्षेत्रमा भएको क्षति र राहत वितरणको विवरण

काठमाडौँ– राष्ट्रिय सभाअन्तर्गतको भोटेकोशी एवम् कालीगण्ड तटीय क्षेत्रमा विपद्सम्बन्धी अध्ययन