राप्रपाले बोलायो केन्द्रीय कार्यसमितिको बैठक « Khabarhub

राप्रपाले बोलायो केन्द्रीय कार्यसमितिको बैठक


२२ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले महाधिवेशनको टुङ्गो लगाउन यही मङ्सिर २४ र २५ गते केन्द्रीय कार्यसमितिको बैठक काठमाडौँमा बोलाएको छ ।

पार्टीभित्रको आन्तरिक विवाद समाधान तथा महाधिवेशनबाट कार्यसमिति हस्तान्तरण गर्ने लगायतका विषयमा छलफल गर्न बैठक आह्वान गरेको हो ।

मुलुकको परिवर्तित राजनीतिक सन्दर्भ र घटनाक्रम, फागुन २१ गते घोषित निर्वाचन, वैचारिक ध्रुवीकरण, मुलुकको सुरक्षा अवस्था, सडकमा देखिएको असन्तुष्टिबारे पनि छलफल गरिने महामन्त्री राजेन्द्र गुरुङले जानकारी दिए ।

बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थितिको समीक्षा गर्ने तथा महामन्त्री डा धवलशम्शेर जबराले पार्टीको रणनीति र भावी कार्यदिशा सम्बन्धमा प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची छ ।

समसामयिक राजनीतिक युवा सहभागिता वृद्धि गर्ने, सङ्गठन सुदृढीकरण, पार्टीले उठाएका मुद्दाहरू स्थापित गर्ने विषयमा छलफल गरिने बैठकमा पार्टी निकट जनवर्गीय सङ्गठनका समीक्षा गरिने तथा नेताहरूको जिम्मेवारी बाँडफाँड गरिने जनाइएको छ ।

प्रकाशित मिति : २२ मंसिर २०८२, सोमबार  ३ : १० बजे

आत्मदाह गरेका गणेशको परिवारलाई काठमाडौँ महागनरले रोजगारी र सन्ततिलाई निःशुल्क शिक्षा दिने

काठमाडौँ । काठमाडौँ महानगसपालिकाले आत्मदाहपछि उपचारको क्रममा वीर अस्पतालमा ज्यान

९ कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ९ जना कन्सल्टेन्सी

तस्करीमा संलग्नलाई समात्न प्रहरीले चलायो गोली

काठमाडौँ । रुपन्देहीमा तस्करीमा संलग्नलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको

फुटपाथ, पार्किङ र सडक सुरक्षा सुधार्न राष्ट्रियस्तरको अधिकार सम्पन्न निकाय आवश्यकः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सडक सुरक्षा, फुटपाथ

नेपालले घरेलु मैदानमा भारत ‘ए’सँग तीन खेलको टी–२० सिरिज खेल्ने

काठमाडौं – नेपालले यसै वर्ष घरेलु मैदानमा भारत ‘ए’ टोलीसँग