ओली नआएपछि अध्यक्षका दाबेदार पोखरेलले महासचिवलाई बुझाए दस्ताबेज (तस्बिरहरू) « Khabarhub

ओली नआएपछि अध्यक्षका दाबेदार पोखरेलले महासचिवलाई बुझाए दस्ताबेज (तस्बिरहरू)


२२ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


504
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एघारौं महाधिवेशनका लागि आफूले तयार पारेको दस्ताबेज वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेले महासचिव शंकर पोखरेललाई बुझाएका छन् । अध्यक्ष केपी शर्मा ओली पार्टी कार्यालय च्यासल नआएपछि पोखरेलले महासचिव शंकरलाई पत्र बुझाएको बताइएको छ । 

स्रोतका अनुसार ओली अहिले आफ्नै निवास गुण्डुमा नेताहरूसँग छलफल गरिरहेको बुझिएको छ ।

तयार पारेको दस्तावेजपत्र बुझाउनका लागि ईश्वर पोखरेलसँगै नेताहरू उपाध्यक्ष सुरेन्द्र पाण्डे युवराज ज्ञवाली विष्णु पौडेल, सचीव योगेश भट्टराई, नेता  कर्ण थापा लगायत उपस्थित थिए ।

पत्र बुझाएपछि पोखरेलले आफूले उठाएका मुद्दा र मागहरू आगामी एघारौँ महाधिवेशनबाट पारित हुने विश्वास लिएका छन्। 

उनले विधिसम्मत रूपमा नेतृत्व चयन हुने कुरामा ढुक्क भएको बताए ।

नेकपा एमालेको एघारौं महाधिवेशन यही २७ गतेदेखि काठमाडौँमा हुँदैछ। महाधिवेशनमा अध्यक्षका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल बीच प्रतिस्पर्धा हुने देखिन्छ ।

 पोखरेलले भने आफूले बुझाउने दस्ताबेजका विषयमा अध्यक्ष ओलीलाई जानकारी गराइसकेकाले अनुकूलता अनुसार अध्यक्षले आफूले बुझाएको फरक दस्ताबेज अध्ययन गर्ने दाबी गरे । 

दस्ताबेज बुझाउने क्रममा नेता कार्यकर्तासँगै पोखरेल पक्षको ठूलो पङ्क्ति सहभागी थियो ।

प्रकाशित मिति : २२ मंसिर २०८२, सोमबार  ३ : ४१ बजे

एनपीएलमा चितवनको विजयी सुरुवात, विराटनगर पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो खेलमा चितवन राइनोजले विजयी

भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायमा ७९ अर्बको क्षति : आयोग

काठमाडौँ– रसुवाको भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायरप्रतिष्ठानतर्फ ७९ अर्ब

तिहारमा ५२ लाख माला खपत हुने अनुमान, कति होला कारोबार ? 

काठमाडौँ– आगामी तिहारमा काठमाडौँ उपत्यका करिब ५२ लाख वटा फूलका

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो