दस्तावेज बुझाउँदै वरिष्ठ उपाध्यक्ष पोखरेल : हाम्रा मुद्दाहरू महाधिवेशनमा समावेश हुन्छन् « Khabarhub

दस्तावेज बुझाउँदै वरिष्ठ उपाध्यक्ष पोखरेल : हाम्रा मुद्दाहरू महाधिवेशनमा समावेश हुन्छन्


२२ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एघारौँ महाधिवेशनमा प्रस्तुत गर्नका लागि छुट्टै दस्तावेज पेस गरेका छन् । 

उनले तयार पारेको दस्तावेज आज च्यासल पुगेर महासचिव शंकर पोखरेललाई बुझाएका छन् । पत्र बुझाउँदै उनले आफूले तयार पारेको दस्तावेजको विषयमा अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरिसकेकाले आफूले पोखरेल दस्तावेज बुझाएको र त्यो दस्ताबेज ओलीको अनुकूलता अनुसार अध्ययन गर्ने दाबी गरे । 

दस्तावेज बुझाएपछि पत्रकारसँग कुरा गर्दै पोखरेलले पार्टीको एघारौँ महाधिवेशनबारे तयार पारिएको अवधारणा पत्र पार्टी दस्तावेजमा समावेश हुने दाबी गरेका छन् । 

‘हाम्रा मुद्दाहरु महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजमा समावेश हुने विश्वास छ ।’ पोखरेलले भने,’विधिसम्मत रुपमा पार्टीको नेतृत्व चयन हुन्छ भन्नेमा ढुक्क छौँ ।’

पोखरेले आफ्नो दस्तावेजमा के के कुराहरू समावेश गरेका छन् भन्ने कुरा भने अहिलेसम्म खुलाएका छैनन्।

प्रकाशित मिति : २२ मंसिर २०८२, सोमबार  ४ : ०१ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको