हर्कले भने- बहुमत पाएर देश चलाएँ भने कायापलट गर्छु, नत्र शरणार्थी बन्छु « Khabarhub

हर्कले भने- बहुमत पाएर देश चलाएँ भने कायापलट गर्छु, नत्र शरणार्थी बन्छु


२२ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम संस्कृति पार्टीका सभापति एवं धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले नेतृत्व परिवर्तन नगरेसम्म देशलाई अघि बढाउन नसकिने बताएका छन् । 

सोमबार काठमाडौंको सिफलमा पार्टीले आयोजना गरेको कार्यक्रममा साम्पाङले स्पष्ट भिजन नभएका नेताहरूले पटक पटक देशको नेतृत्व गरेका कारण मुलुक अघि बढ्न नसकेको भन्दै देशलाई अघि बढाउन स्पष्ट भिजनसहितको नेतृत्व आवश्यक पर्ने बताए  । 

देशलाई कस्तो नेतृत्व दिनुपर्छ भन्ने विषयमा गहन बहस गर्नुपर्ने अवस्था देखिएको उनले बताए । साम्पाङले देश बनाउनु भन्दा आफ्नै घर बनाउन केन्द्रित भएका नेताहरूले स्वार्थका कारण असमान सन्धि सम्झौता गरेको आरोप समेत लगाए । 

उनले श्रम संस्कृति पार्टीले देशका युवाहरूलाई देशमा नै परिचालन गरेर विकास गर्ने नीति लिएको धारणा राखे । साम्पाङले श्रम संस्कृति पार्टीले बहुमत प्राप्त गरेर देश चलाउन पाएको अवस्थामा पाँच वर्षभित्र कायापलट गर्न नसके नागरिकता त्यागेर शरणार्थी हुने घोषणा गरे ।

उनले भ्रष्टाचार गर्ने नियतका साथ कोही पार्टीमा आएको भए तत्काल छाड्न चेतावनी समेत दिए ।

प्रकाशित मिति : २२ मंसिर २०८२, सोमबार  ४ : ३७ बजे

अमेरिका–इरान सम्झौता कार्यान्वयनका लागि छलफल गर्न शुक्रबार स्वीट्जरल्याण्डमा वार्ता हुने

जेनेभा – मध्यपूर्व युद्ध अन्त्यका लागि अमेरिका–इरान समझदारी कार्यान्वयन गर्न

आजका समाचार : विनियोजन विधेयक पारित, एमालेमा नेतृत्व फेर्न माग, विश्वकपमा पहिलो राउण्डका खेल सकिए र अमेरिका-इरानबीच १४ बुँदे समझदारी

प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारितप्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको

समूह ‘डी’ : दबाबमा टर्की, अमेरिकालाई अस्ट्रेलियाको चुनौती

काठमाडौं- फिफा विश्वकपमा सह–आयोजक अमेरिका रहेको समूह ‘डी’का खेलहरु फेरि

प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारित

काठमाडौं– प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको

‘जान्नेलाई छान्ने’ पार्टीमा रमितै रमिता

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) २०७९ को आमनिर्वाचनमा होमिँदै गर्दा