समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता « Khabarhub

समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता


२२ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा भाग लिन आज निर्वाचन आयोगमा दल दर्ता गरेको छ ।

आयोगको कार्यालय कान्तिपथ पुगेर एमालेको केन्द्रीय निर्वाचन आयोगका प्रमुख निरज आचार्यले आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीलगायतलाई भेटेर दल दर्ताको निवेदन हस्तान्तरण गरेका हुन् ।

आयोगले उक्त प्रणालीतर्फको कार्यक्रम गत शनिबारदेखि सुरु गरेको थियो । यस प्रणालीका लागि दल दर्ताका लागि यही मङ्सिर २३ गते अपराह्‍न ४ः०० बजेसम्म सो प्रणालीमा भाग लिन चाहने राजनीतिक दललाई निवेदन पेस गर्न आयोगले आग्रह गरेको छ ।

प्रकाशित मिति : २२ मंसिर २०८२, सोमबार  ६ : ०० बजे

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी– बैतडीमा आज बिहानैदेखि बाक्लो हिमपात भएको छ । जिल्लाका

योगेशलाई रोकेर ओलीले अघि बढाएका क्षितिजलाई छैन सजिलो, कांग्रेस र रास्वपाको बलियो चुनौती

काठमाडौं – नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले जित्दै आएको ताप्लेजुङमा

सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस मनाइँदै

काठमाडौं– विभिन्न कार्यक्रमको आयोजना गरी आज सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय

२४ घण्टामा देशभर विपदका २० घटना

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले माघ १२

प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिममा खडकको कप्तानीमा टोली घोषणा

बैतडी– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोट खेल्ने