एनपीएल २ लिग चरण : ब्याटिङ विदेशी, बलिङमा घरेलु चम्किए « Khabarhub

एनपीएल २ लिग चरण : ब्याटिङ विदेशी, बलिङमा घरेलु चम्किए


२२ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ को लिग चरण आइतबार समाप्त भएसँगै मंगलबारदेखि प्लेअफका खेल सुरु हुँदैछन् ।

पहिलो क्वालिफायरमा तालिकाको पहिलो स्थानमा रहेको सुदूरपश्चिम रोयल्स र दोस्रोमा रहेको विराटनगर किङ्स भिड्दैछन् । यो खेलको विजेताले फाइनलमा स्थानमा बनाउनेछ ।

तालिकाको तेस्रो स्थानमा रहेको काठमाडौं गोर्खाज र चौथोमा रहेको लुम्बिनी लायन्सले पनि प्लेअफमा स्थान बनाएका छन् । काठमाडौं र लुम्बिनीले इलिमेनटरमा प्रतिस्पर्धा गर्नेछन् । यसको विजेता र पहिलो क्वालिफायरमा पराजित भएको टोलीबीच दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा हुनेछ ।

पहिलो र दोस्रो क्वालिफायरका विजेताले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । सोही कारण फाइनलसहित अबका चार खेल दर्शकको चासोमा स्वभाविक परेका छन् ।

लिग चरणका २८ खेलमा कुल २ शतक र ३५ अर्धशतक प्रहार भएको छ । शतक प्रहार गर्ने दुवै खेलाडी विदेशी हुन् ।

पोखरा एभेन्जर्सबाट खेल्ने इङ्ल्यान्डका एडम रोसिङ्टन र कर्णाली याक्सबाट खेल्ने स्कटल्यान्डका मार्क वाटले जारी सिजनमा शतक प्रहार गरेका हुन् । रोसिङ्टनको नाममा दुई अर्धशतक पनि दर्ज छ ।

एनपीएलमा मार्कले उत्कृष्ट ब्याटिङ गरे । उनले एक अर्धशतक पनि प्रहार गरे । जारी सिजनमा तीन अर्धशतक प्रहार गर्ने एक्लो खेलाडी भने चितवनका इङ्ग्लिस खेलाडी रवि बोपारा हुन् ।

दोहोरो अर्धशतक प्रहार गर्ने खेलाडीमा एडमबाहेक, कर्णाली याक्सका प्रियाङ्क पञ्चाल, जनकपुर बोल्ट्सका सञ्जय कृष्णमूर्ति र पोखराका कप्तान कुशल भुर्तेल हुन् । दोहारो अर्धशतक प्रहार गर्ने कुशल एक मात्र घरेलु खेलाडी हुन् ।

बलिङतर्फ जारी सिजनमा एकमात्रै ह्याट्रिक पूरा गर्ने खेलाडी काठमाडौं गोर्खाजका शहाब आलम हुन् । शहाब जारी सिजनमा एकै खेलमा सबैभन्दा बढी विकेट लिने बलर पनि हुन् । उनले पोखराविरुद्धको खेलमा ६ विकेट लिँदै ह्याट्रिक पनि पूरा गरे ।

एकै खेलमा सर्वाधिक दोस्रो विकेट लिने भने चितवनका घरेलु खेलाडी १९ वर्षीय रञ्जित कुमार हुन् । उनले विराटनगरविरुद्धको खेलमा ५ पाँच विकेट लिएका थिए ।

सिजनका २८ खेलमा ६ ओभर मेडन बलिङ भएको छ । सर्वाधिक विकेट लिने पाँचौ खेलाडी धनञ्जय लक्ष्मणले एक ओभर मेडन पनि फ्याँकेका छन् ।

ब्याटिङमा विदेशी खेलाडी चम्किए

यस सिजनमा सबैभन्दा बढी रन बनाउने पाँच खेलाडीमा तीन विदेशी र दुई घरेलु खेलाडी छन् । तीमध्ये पनि शीर्ष तीन स्थानमा विदेशी नै छन् ।

पोखरा एभेन्जर्सका एडम रोसिङ्टनले ७ इनिङमा ३२३ रन जोडेका छन् । उनले ३१ चौका र १९ छक्का प्रहार गरे ।

कर्णाली याक्सका मार्क वाट सर्वाधिक रन बनाउने दोस्रो खेलाडी हुन् । उनले ७ खेलमा २४६ रन जोडे । त्यसक्रममा उनले १३ चौका र २१ छक्का प्रहार गरे ।

चितवनबाट खेलेका इङ्ल्यान्डका रवि बोपारा तेस्रो स्थानमा छन् । उनले २३७ रन जोडेका छन् । यस सिजनमा तीन अर्धशतक प्रहार गर्ने एक खेलाडीसमेत रहेका उनले १२ चौका र १३ छक्का प्रहार गरेका छन् ।

नेपाली राष्ट्रिय टिम र लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल चौथो स्थानमा छन् । ७ इनिङमा उनले २०८ रन बनाएका छन् । यसक्रममा उनले १३ चौका र ५ छक्का प्रहार गरे । शीर्ष स्थानमा रहेका मध्ये कम बाउन्ड्री हान्ने रोहित नै हुन् । उनले २१० बलमा उक्त रन जोडेका हुन् ।

सुदूरपश्चिम रोयल्सका विनोद भण्डारी सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा पाँचौ स्थानमा छन् । उनले २०१ रन बनाउने क्रममा २० चौका र ६ छक्का प्रहार गरे ।

बलिङमा घरेलु खेलाडी चम्किए

सर्वाधिक विकेट लिने सूचीको शीर्ष पाँच स्थानमा घरेलु खेलाडीको वर्चश्व छ । यस सिजनको लिग चरणमा सबैभन्दा धेरै विकेट लिने नेपाली राष्ट्रिय टिमका स्पिनर एवं विराटनगर किङ्सका कप्तान सन्दीप लामिछाने हुन् । उनले ७ इनिङमा १६८ बल फ्याँक्दा गर्दा १४३ रन मात्रै दिएका छन् । उनले सबैभन्दा धेरै १५ विकेट लिएका छन् ।

दोस्रो स्थानमा सुदूरपश्चिम रोयल्सका अभिनास बोहरा छन् । ७ इनिङमा उनले १३२ बल फ्याँक्दा १७२ रन खर्चिएका छन् । यस क्रममा उनले १४ विकट लिएका छन् ।

काठमाडौं गोर्खाजका घरेलु खेलाडी शाहाब आलमले २४ ओभर बलिङ गर्दा १५२ रन दिएका छन् । उनले १२ विकेट लिएका छन् ।

१२ विकेट नै लिएका काठमाडौं गोर्खाजका कप्तान करण केसी चौथो स्थानमा छन् । उनले १६३ बलमा १९८ रन खर्चिएका छन् ।

काठमाडौंका श्रीलंकाली खेलाडी धनञ्जय लक्षण ३ इनिङमा १० विकेट लिँदै पाँचौ स्थानमा छन् । ७० बल फालेका उनले प्रतियोगितामा ६७ रन मात्रै दिएका छन् ।

धेरै विकेट लिनेको पाँच खेलाडीको सूचीमा समावेश एक मात्रै विदेशी उनै लक्षण हुन् ।

प्रकाशित मिति : २२ मंसिर २०८२, सोमबार  ७ : ५४ बजे

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर

निर्वाचन आउन ६२ दिन बाँकी, सामग्री ढुवानीका लागि आवेदन दिन आयोगको आग्रह

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको

भक्तपुरमा दुई लाख पाँच हजार मतदाता, २३३ मतदान केन्द्र निर्धारण

भक्तपुर – भक्तपुरमा दुई लाख पाँच हजार ४१० मतदाता सङ्ख्या

चिसो बढेसँगै मुस्ताङका शैक्षिक संस्था दुई महिना बन्द

मुस्ताङ – हिउँदयाम मौसमसँगै अत्यधिक चिसोका कारण मुस्ताङका तीन गाउँपालिकामा

‘देउवाले विधान पढ्नुभएको छैन भन्ने लाग्दैन, विशेष महाधिवेशनको विकल्प छैन’ (अन्तर्वार्ता)

जेन–जी आन्दोलनको मेन्डेटमा बनेको सरकारले फाल्गुन २१ गते निर्वाचनको मिति