७ उपसचिवसहित ५६ अधिकृतको सरुवा « Khabarhub

७ उपसचिवसहित ५६ अधिकृतको सरुवा


२२ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


420
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल सरकारका ७ जना उपसचिवसहित ५६ जना अधिकृत स्तरका कर्मचारीको सरुवा भएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबारको निर्णय अनुसार ७ उपसचिव र ४९ शाखा अधिकृत गरेर ५६ जना कर्मचारीको सरुवा गरेको हो।

७ जना उपसचिवको सरुवा गर्दा ३ जना उपसचिवलाई विभिन्न नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ भने बाँकी १ जनालाई प्रशासकीय प्रमुखको जिम्मेवारीबाट अन्यत्र सरुवा गरिएको छ।

यस्तै ४९ जना शाखा अधिकृतको सरुवा गर्दा ९ जनालाई विभिन्न गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ भने ७ जनालाई विभिन्न गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीबाट हटाएर अन्यत्र सरुवा गरिएको छ।

प्रकाशित मिति : २२ मंसिर २०८२, सोमबार  ९ : २९ बजे

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी– बैतडीमा आज बिहानैदेखि बाक्लो हिमपात भएको छ । जिल्लाका

योगेशलाई रोकेर ओलीले अघि बढाएका क्षितिजलाई छैन सजिलो, कांग्रेस र रास्वपाको बलियो चुनौती

काठमाडौं – नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले जित्दै आएको ताप्लेजुङमा

सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस मनाइँदै

काठमाडौं– विभिन्न कार्यक्रमको आयोजना गरी आज सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय

२४ घण्टामा देशभर विपदका २० घटना

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले माघ १२

प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिममा खडकको कप्तानीमा टोली घोषणा

बैतडी– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोट खेल्ने