संसदीय समितिमा चर्काचर्की, सत्ताधारीको पुच्छर बनेको भन्दै सभापति यादवलाई हप्काए सुवालले « Khabarhub

संसदीय समितिमा चर्काचर्की, सत्ताधारीको पुच्छर बनेको भन्दै सभापति यादवलाई हप्काए सुवालले


२५ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


855
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादव र नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालबीच बैठक हलमै भनाभन भएको छ ।

बिहीबार सिंहदरबारमा बसेको समिति बैठकमा निर्णय सुनाउने क्रममा आफ्नो असहमतिलाई सभापतिले बेवास्ता गरेको भन्दै सांसद सुवालले प्रश्न उठाएपछि सभापति यादव आक्रोशित भएका थिए । त्यसपछि पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसमेत उपस्थित बैठकमा दुईजनाबीच चर्काचर्की भएको हो ।

सांसद सुवालले आफ्नो असहमति राख्दै गर्दा सभापति यादवले अमर्यादित ढंगले नौटंकी गर्ने भन्दै सुवाललाई हप्काएका थिए ।

सुवालले समितिका सभापति निरंशुक ढंगले चल्न नहुने बताइरहँदा सभापति यादवले निरंशुक बन्ने भन्दै जवाफ फर्काएका थिए ।

नेपाल वायु सेवा निगमको विमान सञ्चालन व्यवस्थापन तथा सेवा सञ्चालनका सम्बन्धमा छलफलपछि निर्णय गर्ने क्रममा समितिमा उपस्थित नभएका सांसदको संयोजकत्वमा उपसमिति बनाइएको भन्दै सांसद सुवालले असहमति जनाएका थिए ।

यसअघि पनि माओवादी सांसद सुदन किराती , सांसद सुवाललगायतसँग पनि समितिमा सभापति यादवको भनाभन भएको थियो ।

‘सहमति छैन भनेपछि पनि पेलेर चलाउने, कुरा सुन्दै नसुनी निर्णय लिने ? राणा शासन होइन यो, तपाईं राणाको अवतार नलिनुस्’, सुवालले सभापति यादवलाई भने, ‘मैले असहमति छ भनिसकेपछि किन बोल्न नदिने ? राणा शासन जसरी समाप्त भयो त्यसैगरी तपाईं पनि सिद्धिन्छ । तपाईंलाई मैले भनिसकेपछि, मेरो आपत्ति छ भनेपछि मलाई सोध्नु पर्दैन ? निरंकुश बन्ने ? राणा शासन चलाउने ? तपाईं सत्ताधारी पार्टीको पुच्छर नबन्नुस् ।’

सुवालले यसो भनिरहँदा यादव पनि बढ्दा बोल्ने भन्दै उठेर जंगिएका थिए । यादवको छेउमा माधव नेपाल चुपचाप बसिरहे । यता सुवाललाई पनि अर्का सांसदले रोक्न खोजे तर उनी रोकिएनन् यादवमाथि जाइलागिरहे ।

‘तपाईं निरंकुश नबन्नुस् । निरंकुश भयो भने सिद्धिन्छ । दाँत छिट्टै किराले खान्छ तर जिब्रोलाई केही हुँदैन, होस् गर्नुस्’, सुवालले भने, ‘अनुपस्थित सदस्यको संयोजकत्वमा समिति बनाउन पाइन्छ ? समितिका सदस्यहरूको राय लिनुपर्दैन राय लिनुपर्छ । निरंकुश नबन्नुस् तपाईं ।’

यादवले पनि सुवाललाई धेरै बाठो नहु्नु भन्दै उठेर थर्काए । तर सुवालको स्वर झन् चर्कियो । ‘सभापतिजी तपाईं बढ्ता नहुनुस्, नभएको सांसदको संयोजकत्वमा समिति नबनाउनुस् । तपाईं निरंकुश भयो भने सिद्धिन्छ’, उनले एकै कुरा दोहोर्‍याइरहे, ‘कुन दिन सिद्धिन्छ यो सभापति अनि थाहा पाउँछ ।’

प्रकाशित मिति : २५ पुस २०८१, बिहीबार  १२ : ५३ बजे

१५ वर्षदेखि अधुरै कमला पुल, जोखिम मोलेर नदी तर्न बाध्य यात्रु (तस्बिरहरू)

सिरहा– हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषाको सीमा नदी कमलामा निर्माणाधीन

रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले किसानलाई व्यावसायिक कृषितर्फ आकर्षित गर्दै रायो

बालिका बलात्कार र हत्या आरोपित किशोरको बयानको भिडियो भाइरल : प्रहरीले थाल्यो छानबिन

काठमाडौँ – बारामा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको जघन्य

इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

बागमती– मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका–२ मा अवस्थित मकवानपुरगढी दरबार तत्कालीन

विश्वविद्यालयका पदाधिकारीद्वारा आङ्गिक क्याम्पस निरीक्षण

चितवन– चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको उपकुलपति, ‘रजिष्ट्रार’