रविसहितको मुद्दामा सबै बहस सकियो, साँझसम्म आउन सक्छ आदेश | Khabarhub Khabarhub

रविसहितको मुद्दामा सबै बहस सकियो, साँझसम्म आउन सक्छ आदेश


२५ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


870
Shares
  • change font
  • change font
  • change font

गण्डकी–पोखरास्थित सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहितका सात प्रतिवादीहरूको सबै बहस सकिएको छ ।

बुधबार जाहेरवाला सहकारीपीडित पक्षका कानुन व्यवसायीले बहस गरेपछि बिहीबारका लागि सरकारी वकिलहरूको बहस बाँकी थियो । सरकारी वकिलले पनि बिहीबार दिउँसो १ बजे जवाफी बहस सकेपछि अब आदेश बाँकी भएको छ।

जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले सबै बहस सकिएकाले आजै साँझसम्म पुर्पक्षसम्बन्धी आदेश आउने सम्भावना रहेको खबरहबलाई बताए ।

‘सरकारी वकिलको जवाफसँगै सबै बहस सकिएको छ’, उनले भने, ‘आजै साँझसम्म सबै प्रतिवादीबारे पुर्पक्षसम्बन्धी आदेश आउन सक्छ ।’

यस प्रकरणमा सबैको ध्यान पूर्वगृहमन्त्री लामिछानेमाथि टिकेको छ । उनीनिकटहरूले लामिछानेविरुद्धको सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा टिक्नै नसक्ने जिकिर गरिरहेका छन् ।

न्यायाधीश नीतिज राईको इजलासमा यही पुस १६ गतेदेखि उक्त मुद्दाका सात जना प्रतिवादीको थुनछेक बहस भएको थियो । प्रतिवादीका तर्फबाट कानुनी व्यवसायीको बहस सकिएपछि जवाफी बहस भएको थियो ।

लामिछानेसहित उक्त सहकारीको रकम अपचलन मुद्दामा जोडिएका पूर्वडीआईजी छविलाल जोशी, लीला पछाईं, कृष्णबहादुर गुरुङ, रामबहादुर खनाल, मीना गुरुङ र अमृता गुरुङमाथि थुनछेक बहस सकिएको हो ।

थुनछेक बहस सकिएकाले अब न्यायाधीश राईको इजलासबाट प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्ने कि थुनामुक्त गरेर अनुसन्धान जारी राख्ने आदेश आउनेछ ।

पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो।
लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमासमेत मुद्दा लागेको छ । सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा चलाएको छ ।

सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा ६३ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको छ। लामिछानेसहित १९ जनाविरुद्ध संगठित अपराधमा पनि मुद्दा चलाइएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ।

यस्तै रामबहादुर खनाल, पूर्वडीआईजी छविलाल जोशी र गितेन्द्रबाबु राईकी सहयोगी भनिएकी लीला पछाईंविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा पनि चलाइएको छ।

प्रकाशित मिति : २५ पुस २०८१, बिहीबार  १ : २९ बजे

हिरासतबाट छुटेपछि रविले भने : न्याय मरेको रहेनछ

काठमाडौं – पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा धरौटीमा

रवि प्रहरी हिरासतबाट छुटेपछि… (तस्बिरहरु)

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कास्की प्रहरीको

स्वास्थ्य परीक्षणपछि रविलाई पत्नी निकिताको जिम्मा लगाइयो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कास्की प्रहरीको

रविसहित ६ प्रतिवादी धरौटी बुझाएर रिहा, जीबीकी सहयोगी लीला हिरासतमै

गण्डकी- पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका प्रतिवादीहरु राष्ट्रिय

दुर्गा प्रसाईंले बुझाए तीन लाख धरौटी

काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाईंले धरौटी रकम बुझाएका छन्