हलिउड हिल्समा पुग्यो डढेलो, मानिसहरूको भागभागले सडक अस्तव्यस्त | Khabarhub Khabarhub

हलिउड हिल्समा पुग्यो डढेलो, मानिसहरूको भागभागले सडक अस्तव्यस्त


२५ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


885
Shares
  • change font
  • change font
  • change font

क्यालिफोर्निया– अमेरिकाको लस एन्जलसको जंगलमा लागेको आगो हलिउड हिल्ससम्म उक्लिएको छ । जसका कारण विश्वकै प्रसिद्ध यो स्थानको पूरै क्षेत्रलाई खाली गराउन थालिएको छ।

डढेलो तीव्र गतिमा फैलिएपछि हलिउड हिल्सस्थित डल्बी थिएटर, हलीउड बाउल आउटडोर एम्फीथिएटर र हलिउड वाक अफ फेम संकटमा परेका छन्। अमेरिकी सरकारले यिनलाई खाली गराउन थालेको छ ।

डल्बी थिएटर त्यही स्थान हो, जहाँबाट एकाडेमी पुरस्कार समारोह आयोजित गरिन्छ ।

लस एन्जलसमा अहिले आगोका कारण हलिउड आसपासको सडकमा भागदौड मच्चिएको छ । मानिसहरू आफ्नो अनुहार छोप्नका लागि कपडाको प्रयोग गरिरहेका छन् । श्वास फेर्ने सजिलो उपायको खोजीमा मानिसहरू लागिरहेका छन् ।

कयौँ मानिसहरू सुटकेस लिएर अन्यत्र जाने कोसिसमा छन् । आगो पुगेको स्थानका सबैजसो सडक ट्राफिकले भरिएका छन् ।

यी सडकमा प्रतिष्ठित हलिउड बुलेवार्ड र हलिउड वाक अफ फेम पनि छन् । केही मानिस भाग्नका लागि गलत बाटो अपनाउँदा फसेका छन् ।

प्रकाशित मिति : २५ पुस २०८१, बिहीबार  २ : ४० बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’