अर्जुननरसिंह भन्छन्- प्रधानमन्त्री ‌ओलीले कांग्रेसँगको सहमतिको अपमान गरे « Khabarhub

अर्जुननरसिंह भन्छन्- प्रधानमन्त्री ‌ओलीले कांग्रेसँगको सहमतिको अपमान गरे


२५ पुस २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले सात बुँदे सहमतिको अपमान गरेको टिप्पणी गरेका छन् ।

पृथ्वी जयन्तीका सन्दर्भमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा केसीले प्रधानमन्त्री ओलीले २०८७ मा मात्रै संविधान संशोधन हुन्छ भन्नु सात बुँदे सहमतिकै अपमान भएको बताएका छन् ।

संविधान संशोधनका लागि अन्तिम निष्कर्ष जहिले निस्के पनि त्यसको प्रारम्भ भने अहिलेदेखि नै गर्नुपर्ने उनले बताएका छन् ।

संविधान संशोधनका लागि संसदभित्र रहेका दलमात्रै नभई सबै पक्षसँग सहकार्य गर्नुपर्नेमा उनले जोड दिए । दुईदलले मात्रै संविधान संशोधन गर्न नसक्ने भए सर्वदलीय संयन्त्र गठन गर्न उनले सुझाव दिएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पुस २१-२३ सम्म बसेको पार्टी केन्द्रीय कमिटी बैठकमा २०८७ को माघमा मात्रै संविधान संशोधन हुने अभिव्यक्ति दिएका थिए ।

यसअघि बुधबार झापामा आयोजित एक कार्यक्रममा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मालेसमेत उक्त अभिव्यक्तिप्रति आपत्ति जनाइसकेका छन् ।

प्रकाशित मिति : २५ पुस २०८१, बिहिबार  ३ : ५९ बजे

तलेजु भवानीको दर्शन गर्न भक्तपुरमा भक्तजनको ओइरो

भक्तपुर– हरेक वर्ष शारदीय नवरात्रको महानवमीका दिन मात्र सर्वसाधारणका लागि

सडक सम्पर्क विच्छेद भएका बस्तीमा ड्रोनबाट राहत सामग्री

काठमाडौँ– बाढीका कारण सडक सम्पर्क विच्छेद भएका गोरखाका दुर्गम बस्तीमा

हिरासतमा रहेकी सुकीलाई बेलायती राजा चार्ल्सको उपहार

याङ्गुन – म्यान्मामा हिरासतमा रहेकी नोबेल शान्ति पुरस्कार विजेता आङ

निषेधित क्षेत्र घुमेका पर्यटकबाट बर्सेनि उठ्छ करोडौँ राजस्व

गण्डकी– अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने निषेधित क्षेत्रमा अनुमति लिएर भ्रमण

मालीमा सशस्त्र समूहको आक्रमणमा ५० जनाको मृत्यु

बामाको – मालीको उत्तरपूर्वी मेनाका क्षेत्रमा सशस्त्र समूहले गरेको आक्रमणमा