गैँडाको खागसहित झापाबाट एक जना पक्राउ « Khabarhub

गैँडाको खागसहित झापाबाट एक जना पक्राउ


२५ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 झापा– लागूऔषध र गैँडाको खाग जस्तो देखिने वस्तुसहित भारत वेष्ट बङ्गाल उत्तर मेन्दाबारी बस्ने नारायण रामधाम पक्राउ परेका छन् ।

मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित हिमालय गेस्ट हाउसबाट उनी पक्राउ परेको झापा प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले गेस्ट हाउसको १०२ नम्बरको कोठा तलासी गर्दा १ किलो ७ सय ग्राम तौलको गैँडाको खाग जस्तो देखिने वस्तु १ थान, अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ८ सय मिलिग्राम, नियन्त्रित लागूऔषध पिएभन स्पास प्लस १ सय ४४ ट्याब्लेट, डिजिटल तराजु १ थान र मोबाइल २ थान बरामद गरिएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

प्रकाशित मिति : २५ पुस २०८१, बिहीबार  ५ : २६ बजे

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।