रविसहितको मुद्दामा आदेश आउँदै, रास्वपाका शीर्ष नेताहरू कास्की अदालत परिसरमा « Khabarhub

रविसहितको मुद्दामा आदेश आउँदै, रास्वपाका शीर्ष नेताहरू कास्की अदालत परिसरमा


२५ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

गण्डकी–पोखरास्थित सूर्यदर्शन सहकारी संस्थाको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहितका सात प्रतिवादीहरूबारे आदेश आउन लागेपछि जिल्ला अदालत कास्कीमा चहलपहल बढेको छ।

बुधबार जाहेरवाला सहकारीपीडित पक्षका कानुन व्यवसायीले बहस गरेपछि बिहीबारका लागि सरकारी वकिलहरूको बहस राखिएको थियो । सरकारी वकिलले पनि बिहीबार दिउँसो जवाफी बहस सकेपछि अब आदेशको प्रतिक्षा छ ।

जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले सबै बहस सकिएकाले आजै साँझसम्म न्यायाधीश नीतिज राईको इजलासबाट पुर्पक्षसम्बन्धी आदेश आउने सम्भावना रहेको खबरहबलाई बताए ।

यस प्रकरणमा सबैको ध्यान पूर्वगृहमन्त्री लामिछानेमाथि छ । उनीनिकटहरूले लामिछानेविरुद्धको सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा टिक्नै नसक्ने जिकिर गरिरहेका छन् । तर जाहेरवाला र सरकारी पक्षले सहकारी ठगीसहितका तीन मुद्दामा ठूलो अपराध भएकाले पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने बताइरहेका छन् ।

न्यायाधीश नीतिज राईको इजलासमा यही पुस १६ गतेदेखि उक्त मुद्दाका सात जना प्रतिवादीको थुनछेक बहस भएको थियो । यस मुद्दामा जाहेरवाला र प्रतिवादीका तर्फबाट साता लामो बहस भएको थियो ।

लामिछानेसहित ४४ जनाविरुद्ध पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको थियो । लामिछाने कात्तिक २ गते काठमाडौंमा पक्राउ परेर त्यसको भोलिपल्टदेखि कास्की प्रहरीको हिरासतमा छन् ।

न्यायाधीश राईले लामिछानेसहितका प्रतिवादी पुर्पक्षका लागि कारागार पठाउने वा धरौटीमा छाडेर मुद्दा लड्न दिने आदेश जारी गर्नेछन् ।

यस प्रकरणमा १९ जनाविरुद्ध संगठित अपराध अभियोग लगाइएको छ । अधिकांशलाई सहकारी ठगी मुद्दा परेको छ ।

आदेश आउने तयारीसँगै कास्की अदालतमा कानुन व्यवसायी र प्रतिवादीलाई पनि बाहिरै रोकिएको छ । सभापति लामिछानेसहित अदालत परिसरको प्रतीक्षालयमा आदेश पर्खिरहेका छन् । अदालतले आदेश दिने भएपछि रास्वपाका दर्जन आसपास नेताहरू पोखरामा छन् ।

कार्यवाहक सभापति डीपी अर्याल, प्रवक्ता मनिष झा, संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ, सांसद हरि ढकाल र शिव नेपालीसहित कास्की अदालतअगाडि छन् । लामिछाने पत्नी निकिता पौडेल अदालतको प्रतीक्षालयमा छिन् । अदालत आसपासका क्षेत्रमा रास्वपा र रवि समर्थकको ठूलो भीड छ ।

आदेश आउने भएपछि अदालत परिसरमा सुरक्षा कडा बनाइएको छ । जिल्ला प्रशासन, अदालत र अन्य संवेदनशील क्षेत्रमा सुरक्षा कडा बनाएर सवारी चलाउन पनि निषेध गरिएको छ ।

बिहीबार बहस सकिएपछि न्यायाधीश राईले लामिछानेसहितका प्रतिवादीलाई बोल्ने अवसर दिए । जसमा लामिछानेले धरौटी लिएर तारेखमा पठाए सहकारी पीडितको न्यायका लागि लड्ने बचन दिए ।

प्रकाशित मिति : २५ पुस २०८१, बिहीबार  ५ : ३६ बजे

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २२ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २२ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २२ गते बिहीबार सन्