लागूऔषधसहित विभिन्न स्थानबाट पाँच जना पक्राउ « Khabarhub

लागूऔषधसहित विभिन्न स्थानबाट पाँच जना पक्राउ


२५ पुस २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशका विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका छन् ।

दक्षिणकाली नगरपालिका–५ फर्पिङबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६ हजार ट्याब्लेटसहित रौतहट घर भएका १८ वर्षीय किशोरलाई प्रहरीले बुधबार साँझ पक्राउ गरेको हो । 

त्यस्तै, नेपालगञ्ज उपमहानगरपालिका–१६ जयसपुरबाट ब्राउनसुगर जस्तो देखिने पदार्थसहित सोही ठाउँ बस्ने २३ वर्षीय उन्तीयाज अली अन्सारी र २८ वर्षीया साहाना राईलाई पनि पक्राउ गरिएको छ । 

त्यसैगरी नेपालगञ्ज उपमहानगरपालिका–१३ लालापुरवाबाट कोहलपुर नगरपालिका–२ मनकामना बस्ने २६ वर्षीय शुभम अधिकारी र सोही नगरपालिका–१ कौशिलानगर बस्ने २६ वर्षीय किरण राना मगरलाई पनि खेरो हेरोइनसहित पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ । 

प्रकाशित मिति : २५ पुस २०८१, बिहिबार  ६ : ३५ बजे

माओको मिममा हाँस्दा एम्बाप्पेलाई महँगो पर्‍यो, चीनमा व्यावसायिक सम्बन्ध नै धरापमा !

काठमाडौँ – विश्व फुटबलका चर्चित स्टार किलियन एम्बाप्पे मैदानमा आफ्नो

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले