रविसहित हिरासतका सातैजना धरौटीमा छुट्ने, कोसँग कति लाख मागियो ? « Khabarhub

रविसहित हिरासतका सातैजना धरौटीमा छुट्ने, कोसँग कति लाख मागियो ?

कृष्णबहादुरसँग सबैभन्दा थोरै एक लाख, छविलालसँग ८८ लाख


२५ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

पोखरा- जिल्ला अदालत कास्कीले सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित हिरासतमा रहेका सातैजना आरोपीलाई धरौटीमा रिहा गर्ने आदेश दिएको छ ।

जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईले साता लामो थुनछेक बहसपछि बिहीबार साँझ रविसहित सातैजनाको हकमा उक्त आदेश दिएका हुन् ।

रविको हकमा न्यायाधीश राईले ६५ लाख रुपैयाँ धरौटी लिएर रिहा गर्न आदेश भएको जिल्ला अदालत कास्कीका स्रेस्तेदार राजन खनालले खबरहबलाई जानकारी दिए।

पोखरास्थित सूर्यदर्शन सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दामा कास्की अदालतले लामिछानेसहित सातै जनालाई धरौटीमा रिहा गर्न आदेश दिएपछि रास्वपालाई राहत भएको छ ।

न्यायाधीश राईको इजलासमा यही पुस १६ गतेदेखि उक्त मुद्दाका सात जना प्रतिवादीको थुनछेक बहस भएको थियो । यस मुद्दामा जाहेरवाला र प्रतिवादीका तर्फबाट साता लामो बहस भएको थियो ।

राईको इजलासले संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा खेपेका लामिछानेसहित गोर्खा मिडियामा उनका साझेदार एवम् पूर्वडीआइजी छविलाल जोशी, जीबी राईकी सहयोगी लीला पछाईं, आरती गुरूङ, एमालेकी पूर्वप्रदेश सभा सदस्य मीना गुरूङ, उनका पिता पूर्वब्रिटिश सैनिक कृष्णबहादुर गुरूङ र नेचर हर्बोका रामबहादुर खनाललाई धरौटीमा छाड्न आदेश गरेको हो ।

यस प्रकरणमा लामिछानेलाई ६५ लाख धरौटी मागेको अदालते उनका साझेदार जोशीसँग ८८ लाख रुपैयाँ माग गरेको छ।

उता खनालसँग १५ लाख, पछाईंसँग ३७ लाख, आरती गुरूङसँग ५ लाख, मीना गुरूङसँग ५ लाख, कृष्णबहादुर गुरूङसँग १ लाख धरौटी मागेको हो । उक्त धरौटी बुझाएमा सबै जना रिहा हुनेछन् ।

जिल्ला सरकारी वकिलको कार्यालयले सहकारी ठगीमा रविविरूद्ध ३ करोड ३७ लाख ६५ हजार, छविविरूद्ध ५ करोड २६ लाख ६५ हजार र पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन पुत्र दीपेश पुनविरूद्ध २ करोड १४ लाख ८ हजार ८४३ रूपैयाँ मागदाबीसहित मुद्दा चलाएको थियो।

सम्पत्ति शुद्धीकरणतर्फ हाल फरार रहेका जीबी राईविरूद्ध १ अर्ब ८६ करोड ७३ लाख १९ हजार ५१८ रूपैयाँ बिगो मागदाबी भएको थियो।

जोशीविरूद्ध ७४ करोड ३४ लाख ७१ हजार ५५ रूपैयाँ, रविविरूद्ध २७ करोड ८९ लाख ४४ हजार ७०५ रूपैयाँ, लीलाविरूद्ध २४ करोड ६७ लाख ७ हजार ३४ रूपैयाँ र खनालविरूद्ध १४ करोड ३० लाख ९१ हजार ९११ रूपैयाँ मागदाबी भएको थियो ।

सरकारी वकिलको कार्यालयले रविको सम्पत्ति जफत गर्न पनि माग गरेको थियो। सम्पत्ति जफतमा रविकी श्रीमती निकिता पौडेललाई पनि विपक्षी बनाइएको थियो ।

तर यस प्रकरणमा अझै मुद्दा बाँकी नै छ । पोखरास्थित सूर्यदर्शनको थुनछेक सकिए पनि अन्य जिल्लाको बाँकी छ । काठमाडौंको स्वर्णलक्ष्मी, चितवनको सहारा बुटवलको सुप्रिम, वीरगञ्जको सानोपाइला सहकारीको पनि मुद्दा बाँकी छ । काठमाडौंको हकमा रवि र छवि दुवैविरूद्ध सरकारी वकिलले अदालतमा मुद्दा लगिसकेको छ ।

प्रकाशित मिति : २५ पुस २०८१, बिहीबार  ६ : ३८ बजे

प्रि ओपन सेसन : साढे २ अंक बढीको वृद्धि

काठमाडौँ– प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बिहीबार

युद्धविरामपछि पनि गाजामा इजरायली दमन: ड्रोन आक्रमणमा अलजजिराका पत्रकार मारिए

गाजा – इजरायली सेनाको ड्रोन आक्रमणमा अल जजिरा मुबासेरका संवाददाता

धवलागिरी क्याम्पसमा छात्रवृत्तिका लागि अक्षयकोष स्थापना

बागलुङ– बागलुङको धवलागिरी बहुमुखी क्याम्पसमा एक करोड बढीको अक्षयकोष स्थापना

पूर्वप्रधानमन्त्री ओली र लेखकलाई हाजिर जमानतमा छाड्ने तयारी

काठमाडौँ – नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

अनलाइनबाट मतदाता नामावली दर्ता

तनहुँ– निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुनः