निर्मल पूर्जाबाट घर मालिकलाई एक करोड १४ लाख क्षतिपूर्ति भराउने फैसला « Khabarhub

निर्मल पूर्जाबाट घर मालिकलाई एक करोड १४ लाख क्षतिपूर्ति भराउने फैसला


२५ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं जिल्ला अदालतले विवादित पर्वतारोही निर्मल पुर्जाको कम्पनीबाट कपनका घर मालिकालाई १ करोड १४ लाख बराबरको क्षतिपूर्ति भराउने फैसला गरेको छ । काठमाडौं जिल्ला अदालतले गत पुस १६ गतेको फैसलाको पूर्णपाठ सार्वजनिक गरेसँगै पुर्जाले ठूलो रकम क्षतिपूर्ति तिर्नुपर्ने भएको हो ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले घर भाडामा लिएको पुर्जाको कम्पनी इलाइट हिमालयन एडभेञ्चर प्रालिबाट १ करोड १३ लाख ९९ हजार रुपैयाँ क्षतिपूर्ति भराइदिनुपर्ने फैसला सुनाएको हो।

०७९ असोज ५ गते साँझ कपन लसुनटारस्थित टंक घिसिङको घर भाडामा लिएर भण्डारण गरेको अक्सिजन ग्यास र एलपी ग्यास विस्फोट हुँदा ठूलो क्षति भएको थियो।

यस्तोमा पुर्जाको कम्पनी इलाइट हिमालयन एडभेञ्चर प्रालिबाट उक्त क्षतिपूर्ति घिसिङलाई भराउने फैसला आएको हो।

एक रोपनी जग्गामा बनेको घिसिङको सुविधायुक्त घर पुर्जाले खोलेको कार्यालयबाट आगो सुरु भएर विस्फोट हुँदा ध्वस्त भएको थियो ।

यस प्रकरणमा घिसिङको तर्फबाट अधिवक्ताहरू अनन्तराज लुईंटेल, विकास भट्टराई, कीर्तिनाथ शर्मा पौडेल, प्रतिभा उप्रेती, रामकृष्ण बन्जारा र विशाल थापाले बहस गरेका थिए । विपक्षीका तर्फबाट युवराज भण्डारीले बचाउ बहस गरे।

पीडित घिसिङ उक्त विस्फोटबाट आफ्नो नयाँ घर ध्वस्त भएको भन्दै साढे तीन करोड क्षतिपूर्ति माग दाबी गरेका थिए । विस्फोटन भएको घरको वस्तुस्थिति र त्यसको क्षतिको विवरणसहितको स्थलगत मुचुल्काका आधारमा अदालतले क्षतिपूर्ति निर्धारण गरेको हो ।

घिसिङसँग भाडाको करार सम्झौता गरी पर्वतारोही पूर्जासहित तीनजनाले सञ्चालन गरेको कम्पनीले कार्यालय चलाउँदै आएको थियो ।

घरधनी पुर्जाले उक्त कम्पनीले आफ्नो अनुमति नलिई गैरकानुनी रूपमा ग्यास र अक्सिजन भण्डारण गरेको दाबीसहित न्यायका लागि अदालत गुहारेका थिए ।

सरकारले मतलब नगरेपछि उनी अदालत गएका थिए । जिल्लाले तोकेको क्षतिपूर्ति चित्त नबुझे घिसिङले उच्च अदालत जान पाउनेछन् ।

बेलायतमा दर्ता भएको आरोहणसम्बन्धी कम्पनी इलाइटले मासिक २५ हजार भाडा बुझाउने शर्तमा ०७५ चैतमा घिसिङको घरमा नेपाल शाखा कार्यालय खोलेको थियो ।

तर अढाई तले उक्त घरमा भीषण आगलागी हुँदा ध्वस्त भयो । भुइँतलामा रहेको इलाइट हिमालयन एड्भेन्चरबाट सुरु भएको आगोबाट कम्पनीका तीन कर्मचारीको मृत्यु भयो।

यस घटनामा संखुवासभाका ३२ वर्षीय अशोक राई, ताप्लेजुङका २९ वर्षीय कासाङ शेर्पा र सोलुखुम्बुका २६ वर्षीय छोवाङ शेर्पाले ज्यान गुमाएका थिए ।

प्रकाशित मिति : २५ पुस २०८१, बिहीबार  ७ : ११ बजे

अब प्रधानमन्त्री कार्यालय परिसर छिर्नै बालेनको सचिवालयको अनुमति चाहिने

काठमाडौँ- शुक्रबार देशले नयाँ प्रधानमन्त्री पाउँदैछ । राष्ट्रिय स्वतन्त्र पार्टीका

सिंहदरबारमा बालेनको आसन तयार, उत्तर फर्काएर राखियो कुर्सी

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलका नेता तथा वरिष्ठ

अभौतिक मुद्राको कारोबारमा संलग्न बंगलादेशी नागरिक ठमेलबाट पक्राउ

काठमाडौँ । अभौतिक मुद्राको कारोबारमा संलग्न रहेको अभियोगमा काठमाडौंबाट एक

चुमनुब्रीको फिलिममा मोटर पुग्यो

गोरखा – चुमनुब्री गाउँपालिकाको केन्द्र सिर्दिवासको फिलिममा मोटर पुगेको छ

सदन प्रतिपक्षको हुनेछ, पहिलो बैठक छिटो बोलाउनु : हर्क साम्पाङ

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभाको